शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सपुरहिट ‘साइँली’ अब फिल्ममा देखिने
फाल्गुन ९, २०७३ | सरगम खबर समाचारदाता

काठमाडौं । युट्युबमा अपलोड गरिएको केही घण्टामै धेरैले हेरिएको भिडियो गीत साइली’ लाई दर्शकले फिल्मको पर्दामा हेर्न पाउने भएका छन् । उक्त भिडियो अहिलेसम्मकै थोरै समयमा धेरैले हेरेका हुन् । गायक हेमन्त रानाको स्वरमा रहेको गीतलाई जिएच इन्टरटेनमेन्ट ब्यानरले निर्माण गरेको थियो ।ब्यानरका संस्थापकमध्ये एक तथा भिडियोका अभिनेता गौरव पहारीले भिडियो निर्माणकै बेला फिल्मको सोच आएको बताए ।‘हेमन्त र मैले भिडियो छायांकनका बेला नै यही कथामा फिल्म बनाउने सोच बनाएका थियौं,’ हेमन्तको चौथो एल्बम ‘साइँली’ विमोचन कार्यक्रममा शनिबार गौरवले भने, ‘हामी चाँडै नै भिडियोमा देखाइएजस्तो कथामा फिल्म निर्माण गर्नेछौं।’उनले गीतले यति धेरै चर्चा पाउँछ भन्ने आफूहरुले नसोचेको पनि बताए ।एल्बम सार्वजनिक गर्दै अभिनेता टिका पहारीले शब्द, स्वर र भिडियोमा कलाकारको अभिनयले दर्शकको मन जितेको बताए। भिडियोमा गौरवसँगै नायिका मेनुका प्रधानको अभिनय छ।नेपाल आइडलु रियालिटी सो सकेर काठमाडौं आइपुगेका संगीतकार न्ह्यु बज्राचार्यले गायन रियालिटी सोमा ‘साइँली’ गीत बढी गाइएको खुलाए। शीर्ष गीतमा हिमाल साउद र कालीप्रसाद बास्कोटाको शब्द छ ।

 

गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ मा
चैत्र २३, २०७८ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.