शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा गोली हानि सुनचाँदी व्यवसाय गर्ने युवकको हत्या, दुई पक्राउ
चैत्र २९, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत २९ - 
सिरहाको लहान नगरपालिका-२३ गढ़िया चौकमा गएराती सुनचाँदीका पसल गरेका एक युवकलाई लुटेरा समूहले गोली हानेर हत्या गरेका छन् ।हत्या गरिएका मृतकको नाम प्रदिप विश्वकर्मा रहेको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी डा.तपन दाहालले जानकारी दिएका छन्।लुटेराले ती यूवकका श्रीमतीमाथि समेत कुटपिट गरेको हुँदा उपचारका लागि स्थानीय सप्तऋषि अस्पताल लगिएको लहान डिएसपी दाहालले बताए । डिएसपी दाहालका अनुसार लुटेरा समुहका २ जनालाई बिभिन्न हतियार सहित पक्राउ गरिएको छ। पक्राउ पर्नेमा घटना स्थलबाट भाग्दै गर्दा राम कृष्ण चौधरी लाई पक्राउ गरिएको छ ,भने घटनामा संलगन संकास्पद सुरेश सहनीलाई समेत पक्राउ गरिएको जनाइएको छ। प्रहरीका अनुसार गोली हानी हत्या गरिएका युवक वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल गर्दै आएका थिए । श्रीमतीसँग त्यही बसेका बेला लुटेरा समूहले गोली चलाएको बुझिएको छ । घटना सम्बन्धि थप अनुसन्धान भइरहेको डिएसपी दाहालले बताए। 

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.