शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ट्राफिक प्रहरी सिरहा द्वारा २ करोड २ लाख भन्दा बढी
बैशाख १७, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ बैशाख १७ - ट्राफिक प्रहरीले सिरहामा चालु आर्थिक वर्षको साढे ७ महिनामा २ करोड २ लाख भन्दा बढी राजस्व संकलन गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी निरीक्षक दान बहादुर मिरिङ्गचिङ्गले ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट जरिवानास्वरुप चालु आ.व.को असोज देखि बैशाख १५ गते सम्ममा २ करोड २ लाख ६८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जानकारी दिए। यसक्रममा सबैभन्दा बढी चैत महिनामा ३५ लाख २० हजार र कम असोज महिनामा १२ लाख ५५ हजार रुपैयाँ राजस्व असुली गरेको प्रहरी निरीक्षक मिरिङ्गचिङ्गले बताए। जसमा सबैभन्दा बढी राजस्व मोटरसाइकलबाट ८९ लाख ४२ हजार रुपैयाँ असुल गरिएको छ। सडकमा सबैभन्दा बढी गुड्ने सवारी साधन मोटरसाइकल नै भएको र ट्राफिक नियम उल्लङ्घन पनि मोटरसाइकल चालकहरुले नै बढी गर्ने गरेकाले राजस्व असुली त्यसैमा बढी हुने गरेको मिरिङ्गचिङ्ग बताउँछन्।‘चालक अनुमति पत्र नलिने, हेलमेट नलगाउने र तीन जनासम्म चढ्ने हुनाले त्यस्ताहरुबाट जरिवाना गरिन्छ,’ उनले भने। प्रहरीको अभिलेखअनुसार साढे ७ महिनाको अवधिमा ३१ हजार ६ सय ८६ सवारी साधन कारवाहीमा परेका छन्। जसमा १५ हजार २ सय ५३ वटा मोटरसाइकल कारबाहीमा परेका हुन्। यसका अलावा ट्राक्टर, ट्रक,टिपर, बस र कार लगायत अन्य केहि सिटि रिक्सा र अटो कारबाहीमा परेको अभिलेखमा उल्लेख छ। यसबीचमा भएका दुर्घटनामा ५३ जनाले ज्यान गुमाएको, ८६ जना गम्भीर घाइते भएको तथा २ सय ९० जना सामान्य गरी ३ सय ७६ जना घाइते भएका छन्। भने करिब ११ लाख ५० हजार बराबरको ७ वटा मोटरसाइकल र १ वटा स्कुटी गरि जम्मा ८ वटा भन्सार कार्यलयमा बुझाइएको पनि अभिलेखमा जनाइएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.