शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा घर टहरा हटाउन खोज्दा झडप
बैशाख २२, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ बैशाख २२ - सिरहाको लहानमा घर टहरा हटाउन खोज्दा झडप भएको छ। लहान नगरपालिकाले दाबि गर्दै आएको लहान ५ स्थित ऐलानी जग्गा अतिक्रम गरि बनाइए घर टहरा बलपूर्वक भत्काउन लाग्दा झडप भएको हो। खुट्टी खोला किनारमा सडक अतिक्रमण गरि घर टहरा बनाएको भन्दै लाहान नगरपालिकाले डोजर लगाएर भत्काउन लाग्दा स्थानीयले प्रतिकार गरेका छन। स्थानीय मोहित लाल चौधरीका अनुसार ब्यवस्थापन नै नगरी प्रहरीको आडमा घर टहरा भत्काउन लागेको गुनासो गर्दै करिब ३० वर्ष अगाडि नगरपालिकाले नै मन्जुरी दिएको उक्त जग्गामा बनाइएको घर टहरा एकासी आएर भत्काउन लागेको हेर्दा दुख लागेको छ,यो जग्गा ऐलानी होइन यो जग्गा हाम्रो नम्बरी हो भनि चौधरी सहित चार जनाले जग्गा धनि पुर्जा हेराउदै दाबि गरेका छन्। कोभिड को बेला यसरी हामीलाई दु:ख दिनु अन्याय हो भन्दै स्थानीयले असन्तुष्टि जाहेर गरेका छन । यता बारम्बार चिठी पठाएपनि ब्यापारीहरुले जग्गा खाली नगरेको कारण डोजर लगाएर भत्काउन लागेको लाहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकरी खेमनन्द भुसालले बताउनु भयो। भत्काउन लाग्दा नगर प्रहरी र स्थानीय बिच झडप हुँदा दुवै तिरका आठ जना घाईते भएका छन।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.