शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
गाई काटेको अभियोगमा दुई पक्राउ,एक फरार
बैशाख २७, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ बैशाख २७ - 
सिरहाको लहानमा गाई काटेको अभियोगमा दुई जना पक्राउ परेका छन् ,भने एक जना फरार भएका छन्।लहान नगरपालिका २ स्थित मिलन चौकमा गाई काटेको भन्दै स्थानीयले चर्को विरोध गरेका छन । मुस्लिम समुदायको एक परिवारले तिन दिन अगाडी मासु प्रयोजनको लागि गाई काटेको भन्दै त्यहाँका हिन्दु समुदायले चर्को विरोध गरेका हुन । लहान २ का एक स्थानीयले दिएको जानकारीका अनुसार ईप्रका लाहानले घटनास्थल निरीक्षण गरेका छन । प्रहरी आउने खबर पाए लगत्तै घरमुली फरार भएपनि उनको पत्नी र सालोलाई लहान प्रहरीले नियन्त्रणमा लिएर अनुशन्धान गरिरहेको जनाएका छन्। ईप्रका लाहानका डिएसपी डा.तपन दाहालले यस विषयमा थप अनुसन्धान भईरहेको र जाहेरी आएपछि मुद्दा चलाउने बताउनु भएको छ। घटना अनुशन्धानको क्रममा रहेको हुँदा पक्राउ परेकाहरुको नाम खुलाईएको छैन। 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.