शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एकै परिवारका चार जना संक्रमित फेला परेपछि लहानको बजार एरिया
बैशाख २८, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ बैशाख २८ - 
सिरहाको लहान नगरपालिका वडा न . ७ दुर्गा मन्दिर क्षेत्रमा अवस्थित सुनचाँदी बजार अनिश्चितकालका लागि सिल गरिएको छ। एकै परिवारका ४ जनामा कोरोना पुष्टि भएपछि मंगलवार १२ बजेदेखि बजार क्षेत्र अनिश्चित कालका लागि सिल गरिएको लहान नगरपालिका वडा न . ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ताले जानकारी दिएका छन्। लहान -७ मा सुनचाँदी व्यवसाय गर्दै आइरहनु भएका एकै परिवारका ४ जनामा सोमबार कोरोना पुष्टि भएको थियो । लहान -७ पुरानो बजारको दुर्गा मन्दिर क्षेत्र देखि लिएर शिव चौकमा अवस्थित एलईडी एरिया सम्म अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका लागि सिल गरिएको वडा अध्यक्ष गुप्ताले बताए। ४ जना संक्रमित भेटिएको परिवारहरु विराट नगरमा भएको एक विवाह समारोहमा सामिल भएकै कारण संक्रमित भएको हुनसक्ने अनुमान गरिएको छ। संक्रमितहरु केहि दिन अगाडी सिरहामा पिसिआर परीक्षणका लागि स्वाब दिएर आफ्नै निज निवासमा रहेको सुनचाँदी पसलमै बसी आफ्नो व्यवसाय संचालन गर्दै आईरहेको हुँदा उनीहरु संग थुप्रै मान्छे सम्पर्कमा आएको हुनाले निर्मलिकरण गर्न बजार क्षेत्र सिल गरिएको अध्यक्ष गुप्ताले बताए। अध्यक्ष गुप्ताका अनुसार संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिंग गरि स्वाब परीक्षण गर्ने तयारी भइरहेको र अर्को सुचना जारि अति आवस्यक काम बाहेक वडाको सम्पूर्ण कामकाज बन्द गरिएको छ। यता लहान नगरपालिका स्वास्थ्य शाखाका अनुसार कोरोनाको दोस्रो लहर सुरु भए संगै अहिले सम्म लहान नगरपालिका क्षेत्र भित्र १० जना पुरुष र ६ जना महिला गरि १६ जना संक्रमित फेला परिसकेका छन्।  जसमा सात जना सुनचाँदी व्यवसायी छन। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.