शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीमा हत्याका आरोपी सात वर्षपछि पक्राउ
जेठ ३०, २०७८ | शुभ नारायण यादव

शुभ नारायण यादव सप्तरी,३० जेठ   ।
सप्तरीमा लुटपाट गरी एक दम्पतिको हत्या गरेर फरार रहेका प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको  हनुमाननगर कंकालिनी नगरपालिका वडा न.–१ का ३४ वर्षीय बब्लु मण्डल रहेका छन् ।मण्डलले २०७१ साल जेठ २१ गते राति तत्कालिन हनुमाननगर गाविस–५ का ५५ वर्षीय प्रेम सुख बेगवानी र उहाँकी पत्नी ५२ वर्षीया सरोज बेगवानीको पसलमा लुटपाट गरेर हत्या गरेका थिए । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मण्डललाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनु भयो ।

उहाँका अनुसार बेगवानी दमपतीको धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको थियो भने नगद र सुनचाँदीका गरगहनाहरु लगायत ५० लाख रुपैयाँ बराबरको लुटपाट गरिएको थियो ।यसेबिच घटनाको अनुसन्धानको क्रममा सो बेला प्रहरीले ८ जना प्रतिवादीहरुमध्ये ६ जनालाई पक्राउ गरेको थियो भने अन्य दुई जना फरार थिए ।यता पक्राउ परेका मण्डललाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको जनाएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.