शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
समाजसेवी कर्माचार्यको १२ औं पुण्य तिथिमा ५ सय दलितलाई भोजन
असाड ३, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असार ३ - 
सिरहा लहानको म.स. जोडी अर्थात समाजसेवी महेश चौधरी र संगीता कर्माचार्य मध्ये समाजसेवी संगीता कर्माचार्यको निधनको १२ औं पुण्य तिथिमा बुधबार दलित समुदायलाई भोजन गराइएको छ । संगीताका श्रीमान तथा समाजसेवी महेश चौधरीले दलितहरुलाई आफै पुगी भोजन खुवाएका हुन् ।  कर्माचार्य निधनको १२ औं पुण्य तिथिमा चौधरीले भने, ‘स्वर्गिय संगीताले सुरु गरेकी समाजसेवा कामलाई निरन्तरता दिन लहान नगरपालिका ३ का दलित बस्तीका ५ सय मुसहर र पासवानलाई भोजन गराई १२ औं दिनको समपिण्डन काम सम्पन्न गरेँ ।’ उनले आफू समाजसेवा कार्यलाई निरन्तरता दिने बताएका छन् । समाजसेवी संगतीताको कोरोना संक्रमणबाट उपचारको क्रममा जेठ २२ गते निधन भएको थियो । यी म.स. जोडीले कोरोनाको पहिलो लहरबाट पीडित लहानका हजारौं परिवारलाई राहत उपलब्ध गराएर समाज सेवामा आफ्नो छुटै पहिचान बनाउन सफल भएका छन्। संगीता कर्माचार्यको निधनले लहानबासी निकै दुःखी भएका छन् ।

यसै बीच जनता समाजवादी पार्टी (जसपा)की मधेस प्रदेश समिति सदस्य तथा सामाजिक अभियन्ता ललिता दास ‘विद्रोही’ले संगीता कर्माचार्य निधनको १२ औं पुण्य तिथिमा आफ्ना समर्थकहरु सहित लहानको शहिदचौमा दिप प्रज्वलन गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छिन। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.