शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अक्षयको ‘जोली एलएलबी २’ एक सय करोड क्लबमा
फाल्गुन १०, २०७३ | सरगम खबर समाचारदाता

फिरोज शेख लहान , फागुन १० - 
अभिनेता अक्षय कुमारको भर्खरै रिजिल भएको ‘जोली एलएलबी २’ को कमाई १०० करोड पुगेको छ । १० फेब्रुअरीमा रिलिज भएको ‘जोली एलएलबी २’ ले दोस्रो हप्तामा पनि बक्स अफिसमा जादु देखाएको छ । फिल्म क्रिटिक्स र ऐनालिस्ट तरण आदर्शका अनुसार दोस्रो सप्ताहमा शुक्रबार फिल्मले भारतमा  ४.१४ करोड, शनिबार ६.५ करोड , आइतबार ७.२४ र सोमबार ३ .५५ करोड कमाई गर्दै १०० करोड कल्बमा समिल हुदै सुपरहिट भएका छन् ।अहिलेसम्मको कुरा गर्ने हो भने भने फिल्मले १००.४४ करोड रुपैयाँ कमाएको छ । ‘जोली एलएलबी २’ अघिल्लो फिल्म ‘जोली एलएलबी’ को सिक्वेल हो । जसमा अरशद वारसी र बोमन इरानी मुख्य भूमिकामा थिए । यो फिल्मले भारतमा १३५ करोड सम्मको लाइफटाइम व्यपार गर्ने तरण आदर्शको अनुमान छ । 

यस सिकवलमा अक्षय कुमार, हुमा कुरैशी, अनु कपूर, सौरभ शुक्ला मुख्य भूमिकामा छन् । यो फिल्म कोर्ट रूम ड्रामामा आधारित छ । अक्षयको जोली संगै राउडी राठौर (१३१ करोड़ ) अक्षय कुमारको सर्वाधिक व्यापार गर्ने पहिलो फिल्म हो ।त्यसपछि एअरलिफ्ट (१२९ करोड़), रुस्तम (१२७.४२ करोड़ ), हाउसफुल 2 (११४ करोड़ ), हॉलिडे ( ११२.६५  करोड़ ) गरि ७ वटा फिल्म १०० करोड कल्वमा समिल भए संगै यस कल्बमा अग्रिम स्थानमा रहेका शाहरुख खानको बराबरी गर्न सफल भएका छन् I शाहरुखको पनि १०० करोड कल्बमा ७ बटा फिल्म रहेका छन् । आमिर, सलमान र शाहरुख लाइ टॉप थ्री स्टार्स मानिन्छ। अक्षय कुमार चौथो स्थानमा रहेका छन् तर जसरि शाहरुख र अक्षय को फिल्मले बॉक्स ऑफिसमा प्रदर्शन गरिरहेका छन् यसलाई हेर्दा भन्न सकिन्छ  कि शाहरुखको स्थान चाडै अक्षयले लिन सकछन । 

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.