शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कालोबजरीयाहरुले सोचे अनुसारको अब नहुने - उद्योग मन्त्री यादवको भनाई
असाड ६, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असार ६ -  
जनता समाजवादी पार्टीका प्रभावशाली नेता एवं नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले कालोबजारीया र माफियाहरुले सोचे अनुसारको अब नहुने बताउनु भएको छ । गृह जिल्ला सिरहा आइपुग्नु भएको मन्त्री यादवले उद्योग वाणिज्यसंघ सिरहा लहान र पत्रकार महासंघ सिरहा शाखाले संयुक्त रुपमा आयोजना गरेको सम्मान कार्यक्रमलाई हिजो सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो ।

कालोबजारिया र माफियाहरुको गिरोहलाई भत्काएर उपभोग्य सामानहरुको आपूर्ति सहज तरिकाबाट गर्न आफू प्रतिवद्ध रहेको भन्दै उहाँले उद्योगीहरुको संरक्षण र सुरक्षामा समेत ध्यान दिइने बताउनुभयो । आफ्नो छनौट अनुसारको मन्त्रालय पाएकोमा खुसी व्यक्त गर्दै मन्त्री यादवले यतिवेला विश्व नै  कोरोना महामारीको कारण प्रतिकूल अवस्था रहेकोले आर्थिक सङ्कट देखिएको छ । अवस्थामा सुधार हुने वित्तिकै उद्योगमैत्री नीति ल्याएर बन्द भएका उद्योगहरु सञ्चालनमा आउनेछ ।

बन्द रहेका उद्योगहरु सञ्चालन गर्ने र नयाँ उद्योगहरु खेलेर युवाहरुलाई स्वदेशमै रोजगारी दिने सरकारको नीति रहेको प्रष्टयाँउदै ‘नेपाल सरकारका संस्थानहरु बुढो गाई जस्तो अवस्तामा पुगि सकेको हुँदा यसलाई चलायमान बनाउनुपर्ने आवश्यक्ता देखिएको बताए। लकडाउनमा बन्द रहेका उद्योगहरुलाई पुनः सञ्चालनमा ल्याउनको लागि सरकारले राहत दिइने कार्यक्रम ल्यउने उहाँले आश्वासन दिँदै सरकारले उधोगपति व्यापारीहरुलाई कुनै ठाँउबाट पलायन हुन नदिन समेत सरकार प्रतिवद्ध रहेको प्रस्ट्याउनु भयो । 

जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष अशोकलाल आमात्यले सिरहाको भारतीय सीमा नाकाहरुका आयात निर्यातमा सहजता ल्याउन क्वाराइनटाइनको वयवस्था र सरकारी कार्यालयहरुमा उद्योगी व्यापारीको कार्य सहज रुपमा गरी दिन हेल्प डेस्कको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । त्यस्तै पत्रकार महासंघ सिरहा शाखाका अधयक्ष मनोज बनैता यादवले नवनियुक्त मन्त्री यादवलाई दोसल्ला ओढाई सम्मन गर्दै सिरहाको लहान र मिचैयालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्नुको साथै सुरक्षा र संरक्षणमा समेत् ध्यान पुरयाउन आग्रह गरेका छन्। मन्त्री यादव लहान स्थित रमेश महतो शहिद पार्कमा रहेको पञ्चमुखि शहिदहरुलाई माल्यापर्ण गर्दै शहिदहरुको सपना पुरा गरेर समृद्ध सुन्दर नेपाल निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.