शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जिल्ला प्रहरी कार्यलयका प्रवक्ता शर्मा सहित एकैपटक ५७ डीएसपीको सरुवा
असाड ९, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असार -९ 
नेपाल प्रहरीका ५७ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरूको सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलबभत्ता हाल सरुवा भएको स्थानबाट लिनेगरी जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक शालिग्राम शर्मा पौडेल सहित ५७ जना डीएसपीको सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ । डिएसपी शर्मालाई सर्वोच्च /विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी ईकाई रामशाहपथ सरुवा भएको छ भने सर्वोच्च /विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी ईकाई रामशाहपथमा कार्यरत डिएसपी सुवास बुढाथोकीलाई जिल्ला प्रहरी कार्यलय सिरहा पठाईएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.