शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सुखिपुर नगरपालिकाले ल्यायो ४९ करोड भन्दा बढीको बजेट
असाड ११, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असार ११ - 
सिरहाको सुखिपुर नगरपालिकाले अगामी आर्थिक वर्ष २०७८÷२०७९ को लागि पौने ४९ करोड भन्दा बढीको बजेट विनियोजन गरेको छ । ‘सुखी नागरिक हाम्रो पहिचान,सुखी नगर सुखीपुरको अभियान’मूल नाराका साथ सुखीपुर नगरपालिकाले ४९ करोड ३३ लाख ६५ हजारको  बजेट सार्वजानिक गरेको छ । भने बजेटमा दलित घर परिवारलाई चुलो र ग्यास सिलिण्डर वितरण गरिने नयाँ कार्यक्रम पनि समावेश गरीएको जनाइएको छ।  नगरप्रमुख राम औतार यादव द्वारा सार्वजनिक गरिएको बजेटमा यस वर्ष कृषि,सडक,स्वास्थ्य,शिखा र खानेपानीलाई प्राथमिकता राखिएको छ  । बढी गाँउ भएको यस नगरपालिकालाई शहरी बातावरण बनाउन १० वटै वडामा पीच सडक, कृषि उत्पादनको लागि खेत खेतमा सिँचाइको लागि बोरिङग सहित मोटर जडान,१५ शैयाको अस्पताल र यस नगरपालिका भित्र वसोवास गर्ने २ हजार २ सय ६८ दलित घर परिवारलाई चुलो र सिलिण्डर वितरण गर्ने कार्यक्रम पनि समावेस गरिएको बताउदै चुनावको वेला जनतासँग गरिएको प्रतिवद्धतामध्ये शिक्षामा आमूल परिवर्तन गर्ने गरी योजना ल्याए पनि विगत दुई वर्षदेखि कोरोना महामारीका कारण सफल हुन नसकेको स्वीकार गर्दै जनहितमा समर्पित भएर काम गर्दा पनि केहि व्यक्तिहरुले आफ्नो स्वार्थका लागि विभिन्न अपवाह फैलाई रहेको गुनासो पोखे। 

नगर प्रमुख यादवका अनुसार सुखीपुर नगरपालिकको बजारलाई व्यवस्थित नगरको रुपमा विकास गर्न विगतका बजेटहरु विनियोजन भयो र कार्यान्वयनमा पनि आयो । गाँउ र शहरबीचको सन्तुलन मिलाउन यस वर्षको बजेट विनियोजन गरिएको छ । सहमति सहकार्य र एकताको संसकृति अभ्ययासमा ल्याउन चुनावमा मसँग प्रतिस्पर्धामा रहनु भएका सबैलाई सम्मान गर्दै विकासको लागि माहोल बनाउन तत्पर छौ । नगरपालिका र अस्पताल भवन निर्माणको लागि कराडौ मूल्यका जग्गा दिने दाताहरुलाई र सुखीपुर नगरपालिका स्थापनाको लागि अनसन बस्ने अनसनकारीहरुलाई प्रत्येक वर्ष सम्मान गर्दै आइरहेको र  सुखीपुरमा मिडियाको विकासको लागि पटक-पटक बजेट विनियोजन गरेपनि अहिलेसम्म यस बजेटलाई कार्यान्वयन गर्न सञ्चार क्षेत्रका अगुवा पत्रकारहरुले सक्रियता नदेखाएकै कारण पछि परेको नगरप्रमुख यादवले प्रष्टयाउदै नेपाल पत्रकार महासंघले पहलकदमी लिएमा सहयोगको लागि नगरपालिका तयार रहेको दृढता व्यक्त गर्नुभयो ।सुखीपुरमा भ्रष्टाचार भएको हल्ला निराधार रहेको उहाँले दाबी गर्दै भ्रष्टाचार भएको प्रमाणित नगरी विना प्रमाण कसैको चरित्र हत्या गर्ने काम सञ्चार क्षेत्रले गर्न नहुने ध्यान आकर्षण गराउनुभयो । नगरप्रमुख यादवले अहिलेसम्म भएका कामहरुलाई मिडियाले खोजमूलक तरिकाले जनतामा उजागर गरि दिन सबैमा आग्रह गर्नुभयो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.