शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बलात्कार आरोपमा सिरहाका व्यापारी (कोकबा) पक्राउ
असाड ११, २०७८ | फिरोज शेख

सिरहा २०७८ असार ११ - 
बलात्कार गरेको आरोपमा सिरहाका व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। सिरहाको गोलबजारका व्यापारी महेश साह(कोकबा)लाई जबरजस्ती करणी मुद्दामा म्याद थप गरी कारबाही अघि बढाइएको सिरहा प्रहरी प्रमुख एसपी हिरा बहादुर पाण्डेले जानकारी दिए।धनगढीमाई नगरपालिका–९ को कौशल एग्रो ट्रेडर्स(राइस मिल)का संचालक महेश साहलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन दहालले बताए। उनीविरुद्ध बिहीबार इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी मुद्दा दर्ता भएको डीएसपी दाहालले बताए।  पीडित महिलाको जाहेरीपछि आरोपित साहलाई बिहीबार नै पक्राउ गरिएको थियो। अबेर पक्राउ गरिएकोले आज म्याद थपका लागि अदालत पुर्‍याइएको थियो।

महेश साहले गोलबजार र धनगढीमाई नगरपालिकामा राइस मिल संचालन गर्दै आएका छन्। सामान्य परिवारका उनी छोटो समयमा धनाढ्य बनेका हुन्।उनले धनगढीमाईमा संचालन गरेको राईल मिल करिब ४० करोडको लागतमा संचालनमा आएको उनी निकटहरु बताउँछन्।  उनलाई पक्राउ नगर्न सिरहा प्रहरीलाई नेता, सांसद, मन्त्रीदेखि व्यापारीसम्मको दबाब बढाएको छ। आरोपित पक्षले पीडितलाई दबाब, प्रभावमा पारेर बयान फेर्न समेत दबाब बढाएको पीडित परिवार पक्षले बताए।

‘दबाबभन्दा पनि कानून अनुसार चल्ने हो’, एसपी पाण्डेले भने,‘पीडितको जाहेरी दर्ता भइसेको छ। सम्मानित अदालतबाट अनुसन्धानका लागि म्याद थप भएको छ।’ दोषीलाई कानून अनुसार 'कारबाहीको दायरामा ल्याउँछौं,' उनले भने,‘हामीले अपराधको प्रकृति अनुसार कानूनी कारबाही अघि बढाउने हो। उनको पेसा, पहुँच हेरेर होइन।’साभार : नागरिक न्युज 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.