शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नगरपालिकाको बजेट १ अर्ब ९४ करोड ४४ लाख सार्वजनिक
असाड १४, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असार १४ -
सिरहा जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रुपमा हेरिएको लहान नगरपालिकाले “हाम्रो लहान - समृद्ध लहान" ः कृषि, उधोग ,पर्यटन ,पूर्वाधार ।  शिक्षा ,स्वास्थ्य ,सामाजिक सुरक्षा र रोजगार।। ” हाम्रो मुख्य आधार भन्ने मूल नाराका साथ् आठौ नगर सभा बाट बहुमतले पारित  आर्थिक वर्ष २०७८ /०७९  को आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार  पत्रकार सम्मेलन मार्फत नगर सभा बाट बहुमतले पारित आर्थिक वर्ष २०७८/०७९  को वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिकीकरण कार्यक्रममा नगरपालिकाले नगरको नीति तथा कार्यक्रम पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् । लहान नगरपालिका नगर प्रमुख मुनि साह सुडीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसाल लगायत विभिन्न मिडियामा आवद्ध संचारकर्मीहरुको उपस्तिथी रहेको थियो।

कार्यक्रममा नगरपालिकाका नगर प्रमुख मुनि साहले आर्थिक वर्ष २०७८ /०७९ का लागि लहान नगरपालिकाको बजेट १ अर्ब ९४  करोड ४४ लाख १५ हजार ३ सय ९८ रुपैया १५ पैसा रहेको बताउदै नगरपालिकाले यस आर्थिक वर्षमा पूर्वधार एवम शहरी विकास  ,शिक्षा तथा खेलकुद ,स्वास्थ्य सेवा,सरसफाई तथा स्वच्छता ,पशु विकास सेवा ,कृषि तथा सिंचाई  ,उधोग तथा उधमशिलता ,महिला ,बालबालिका तथा जेष्ठ नागरिक ,अपाङ्गता,  सामाजिक विकास ,सहकारी ,विपद व्यवस्थापन,वातावरण , प्रधानमन्त्रि रोजगार , भुमि व्यवस्थापन ,संस्थागत विकास,सेवा प्रवाह,सुचना प्रविधि र सुशासन सम्बन्धि नीति तथा कार्यक्रमहरु र बजेट निर्माण तथा कार्यान्वयन सम्बन्धि नीतिहरुलाई प्राथमिकतामा राखिएको बताउनु भयो।

आगामी आर्थिक वर्ष ०७८/७९ को लागि लागि आन्तरिक स्रोत तर्फ ६२ करोड ११ लाख ८१ हजार १५ पैसा , नगद अल्या तर्फ ४० करोड ,सामानिकरण अनुदान तर्फ २२ करोड ३१ लाख ,शसर्त अनुदान चालु तर्फ ३४ करोड ५२ लाख ,शसर्त अनुदान पुंजीगत तर्फ २ करोड २ लाख ,विशेष अनुदान पुँजीगत तर्फ २ करोड ८३ लाख ,सम्पुरक अनुदान पुँजीगत तर्फ १ करोड १४ लाख र राजश्व वाडफाड तर्फ १३ करोड ९६ लाख समेत जम्मा १ अर्ब ९४  करोड ४४ लाख १५ हजार ३ सय ९८ रुपैया १५ पैसा आय तर्फ प्रस्तावित गरिएको छ भने व्यय तर्फ चालु खर्च ८२ करोड ३९ लाख ४० हजार अर्थात ४२ . ३७ प्रतिशत र पुँजीगत खर्च १ अर्ब १२ करोड ४ लाख ७५ हजार ३५८ अर्थात ५७ .६३ प्रतिशत समेत जम्मा रु १ अर्ब ९४  करोड ४४ लाख १५ हजार ३ सय ९८ रुपैया १५ पैसा प्रस्तावित गरिएको नगर प्रमुख साहले बताउनु भयो।

आयोजि पत्रकार सम्मेलनमा नगरप्रमुख साहले नेपाल सरकारको ऐन तथा नियमका कारण चुनावमा नगरवासी सँग गरिएको हवाई मैदान निर्माण र चिडियाखाना संचालन बाहेक सवै प्रतिवद्धता पूरा गर्ने गरी बजेट ल्याएको जानकारी गराउदै यस वर्षको बजेटमा लहान नगरपालिकाको मुख्य बजारलाई कलर सिटि बनाउन एक करोड र कृषकहरुलाई विद्युत महसुल निःशुल्क गर्न ७० लाख विनियोजन गरेर शहर र गाँउबीचको सन्तुलन कायम गरेर बजेट ल्याएको उहाँले बताउनुभयो ।त्यस्तै महत्पूर्ण कार्यक्रमहरुमा सार्वजानिक ऐलानी पर्ति जग्गा नियणत्रण,संरक्षण तथा जग्गा विकासको लागि १ करोड,ज्येष्ठ नागरिक तथा एकल महिलाको लागि १० लाख,टोल विकास संस्था सुधार सञ्चालन तथा परिचालनमा ३० लाख , उद्योग तथा कृषिमा आधारित युवा स्रोजगारको लागि २५ लाख, महिला उद्यम विकासको लागि १५  लाख ,नगर अस्पताल निर्माण संभाव्यता अध्धयनको लागि १५ लाख,पाठेघर उपचार तथा अन्य स्वास्थ्य उपचारको लागि ३० लाख,गरीव दलितहरुको बसोवास व्यवस्थिकरणको लागि १ करोड ४० लाख,विपद व्यवस्थापनको लागि १ करोड,सिंचाई तथा खानेपानीको लागि १  करोड ५० लाख विनियोजन गरिएको जनाइएको छ।

यसै बीच नगर प्रमुख साहले आँपको राजधानीको रुपमा प्रचलित लहानको पहिचानलाई अन्तराष्ट्रिय स्तर सम्म पुर्याउन आँप पार्क निर्माणको साथै धार्मिक पर्यटनको पहिचान बोकेका सलहेस , राजदेवी , दिनाभद्री, ब्रम्हान स्थान,देवी दह लगायतका स्थानहरुको लागि समेत बजेट आएको र सम्साँन घाटको निर्माण र फिकल परियोजना अन्तर्गतको लेदो जन्य फोहर वयवस्थापन अन्तर्गत फोहोरबाट मोहर बनाउन ८ करोडको परियोजना यसै वर्षदेखि सुरु हुने विश्वास समेत व्यक्त गर्नु भयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खेमनन्दन भुषालले स्वागत मन्तव्य राख्दै लहानको समृद्धि र विकासको लागि नमूना कार्य भएको विश्वास व्यक्त गर्दै उपस्थित सम्पूर्ण संचारकर्मिहरुलाई स्वागत गरेका थिए।भने सार्वजानिकीकरण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रमानन्द गुप्ताले लहानको समृद्धि र विकासको लागि लहान नगरपालिकाले प्रशंसनीय कार्य गरिरहेको भन्दै धन्यवाद ज्ञापन गरेको थियो । कार्यक्रमको सञ्चालन लहान नगरपालिकाका कर्मचारी लखनलाल साहले गरेको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.