शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लायन्स द्वारा विभिन्न कार्यक्रम सम्पन्न
असाड १८, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असार १८ - 
लायन्सले आफ्नो नयाँ वर्ष विभिन्न कार्यक्रम गरि मनाएका छन्। विहिवार सिरहा जिल्लाको विभिन्न ठाउँमा ल्यान्सले सेवा मुलक कार्यक्रमको आयोजनागरी नयाँ वर्ष मनाएका हुन्। लायन्स क्लव अफ लहान सिटि र लहान सनसाइनले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरि लहान नगरपालिकाको १३ वटा ,धनगडीमाई नगरपालिकाको एक वटा र लहान क्यान्सर केयर सेन्टर समेत गरि १५ वटा स्वास्थ्य केन्द्रहरुका प्रमुखहरुलाई कोरोना भाइरस बाट बच्न र बचाउने उदेश्यले विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।  लायन्स क्लव अफ सनसाइनका अध्यक्ष पुनम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको आयोजना लहान क्यान्सर केयर सेन्टरको सभा हलमा गरिएको थियो। कार्यक्रममा जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोकलाल अमात्य ,ल्यांसका डिस्ट्रिक ३२५ र प्रदेश २ का सेक्रेटरी चक्रपाणि दाहाल ,रिजनचेयर पर्सन धरणीधर अधिकारि ,जोनचेयर पर्सन सुदिप कुमार चौधरी,लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम सुन्दर यादव लगायत १३ वटै स्वास्थ्य केन्द्रका प्रमुखहरु संगै लायन्स क्लव अफ लहान सिटि र लायन्स कल्व अफ सनसाइनका पदाधिकारीहरुको उपस्तिथी रहेको थियो। 

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सुदिप चौधरीले विरामी चेकअप गर्ने क्रममा सहज होस् भन्ने उदेश्यले फेस शिल्ड ,एन -95 मास्क र ग्लोव्स लगायतका सामग्री हस्तातरण गरिएको जानकारी दिए। यसै बीच स्वास्थ्य शाखा प्रमुख यादवले यी सामग्रीहरुले स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने बताउदै स्वास्थ्यकर्मीहरुलाई प्रयोग गर्न निर्देशन पनि दिए। कार्यक्रमको संचालन लायन्स क्लव अफ सनसाइनका सचिव रमिता नेपालले गरेकी थिन। 

यसै बीच लायन्स कल्व अफ लहान हाइटले रा.उ.स्मारक अस्पताल लहानका विरामीहरुलाई फलफुल वितरण गर्नुका साथै रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्। लहान हाइटका अध्यक्ष जय किशोर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  लायन्स कल्व अफ लहान हाइट ,लायन्स क्लव अफ लहान सिटि र लायन्स कल्व अफ सनसाइनका पदाधिकारीहरुले रक्तदान गरेका छन्। निषेधाज्ञाको अवधिमा लहान रेडक्रस सोसाइटीमा रगतको अभाव देखिको हुँदा विरामीलाई केहि हद सम्म सहयोग पुगोस भन्ने उदेश्यले  रक्तदान कार्यक्रमको आयोजना गरिएको लहान हाइटका अध्यक्ष यादवले बताए।  

त्यस्तै लायन्स क्लव अफ मिर्चैया सिटिले पनि मिर्चैया नगरपालिका स्थित वनमा विभिन्न प्रजातिका करिब ६५ वटा बोटविरुवा रोपेर लायन वर्ष मनाएको लायन्स क्लव अफ मिर्चैया सिटिका अध्यक्ष अशोक साहले जानकारी दिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.