शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
स्वर्गीय कर्माचार्यको सम्झनामा महिलाहरुलाई पौष्टिक आहार
असाड २२, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असार २२  - 
सिरहाको लहानमा म.स. जोडीको नामले प्रख्यात समाजसेवी महेश चौधरी र संगीता कर्माचार्य मध्ये समाजसेवी संगीता कर्माचार्यको निधनको एक महिना पुगेको सम्झनामा संगीता कर्माचार्य स्मृति प्रतिष्ठान लहानले मंगलवार गरिब तथा दलित समुदायका गर्भवती महिलाहरुलाई पौष्टिक आहार वितरण गरेका छन् । स्वर्गीय  कर्माचार्यका श्रीमान तथा समाजसेवी महेश चौधरीले गर्भवती महिलाहरुलाई आफै पुगी लहान नगरपालिका वडा न-२४ का ४० जना महिलाहरुलाई १० किलो चमाल,१ किलो दाल,१ लिटर तेल,१ किलो चीनी,१ किलो  नून,१ किलो मटर र १ किलो चना हस्तान्तरण गरेका छन् । कर्माचार्यको निधन भएको सम्झनामा ‘स्वर्गिय कर्माचार्यले सुरु गरेको गरिब तथा दलित गर्भवती महिलालाई पौष्टिक आहार वितरण कार्यक्रमलाई निरन्तरता दिदै पौष्टिक आहार वितरण गरिएको समाजसेवी चौधरीले जानकारी दिए । 

समाजसेवी चौधरीले स्वर्गीय कर्माचार्यले शुरु गर्नु भएका सम्पूर्ण समाजसेवाका कार्यहरुलाई आफू निरन्तरता दिदै  उनले देखेका सम्पूर्ण सपना साकार पार्ने बताउदै संगीता कर्माचार्य स्मृति प्रतिष्ठानको पनि स्थापना गरिएको जानकारी गराए । समाजसेवी कर्माचार्यको कोरोना संक्रमणबाट उपचारको क्रममा जेठ २२ गते निधन भएको थियो । यी म.स. जोडीले कोरोनाको पहिलो लहरबाट पीडित लहानका हजारौं परिवारलाई राहत उपलब्ध गराएर समाज सेवामा आफ्नो छुटै पहिचान बनाउन सफल भएका छन्। स्वर्गीय कर्माचार्यले समाजसेवामा गरेको योगदानको कदर गर्दै लहानवासी जहिले पनि उहालाई सम्झिरहने यहाँका बुद्धिजिवीहरु बताउछन ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.