शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको विभिन्न स्थानबाट लागु औषध सहित चार जना पक्राउ
असाड २५, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असार २५ - 
सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थान बाट लागु औषध सहित चार जना लाई पक्राउ गर्न सफल भएका छन्। ईलाका प्रहरी कार्यलय लहान र ईलाका प्रहरी कार्यलय धनगढिबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सुचनाको आधारमा जिल्ला सिरहा धनगढिमाई न.पा. ११ नैनपुर स्थित पवन महतोको घरमा खानतलासी गर्दा घर भित्र लुकाई छिपाई राखेको अबैध लागु औषध SPAMO नामक ६०० ट्यावलेट र गाजाँ अन्दाजी ६ किलो ५०० ग्राम बरामद भएकोमा निज पवन महतोको श्रीमती निला महतोलाई नियन्त्रणमा लिइ थप अनुशन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

त्यस्तै प्रदेश -२ प्रहरी कार्यालय जनकपुर बाट खटिएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय गोलबजार सिरहा बाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सिरहा गोलबजार न.पा.६ गुम्बाचौक स्थित सोहि ठाउँ बस्ने राकेश  कुमार लामालाई २०० मि.लि. ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

यसैबीच प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको प्रहरी गस्ति टोलीले जिल्ला सिरहा भगवानपुर गाउँपालिका ४ बलान खोला स्थित जिल्ला सिरहा सखुवान्नकारकट्टि गाउँपालिका ४ खयरबोना टोल बस्ने सुनिल गिरीलाई संका लागी चेकजाँच गर्दा उनको साथबाट नोरफीन १४  एम्पुल, फेनारगन १४ एम्पुल, डाईजि ल्याब १४ एम्पुल गरी जम्मा ४२ एम्पुल लागु औषध बरामद भएकोमा गिरिलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रदेश - २ प्रहरी कार्यालय जनकपुर बाट खटिएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सिरहा गोलबजार न.पा.६ स्थित AB मल नजिक रोड छेउमा जिल्ला सप्तरी बलान बिहुल गाउँपालिका घर भई सिरहा धनगढीमाई न.पा. १० वस्ने वर्ष २५ को प्रविण शार्मालाई संका लागी चेकजाँच गर्दा निट्राभेट ट्याब्लेट १०० पिस बरामद भएको हुँदा शर्मा लाई पनि नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.