शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानको प्रहरी हिरासतबाट एक थुनुवा फरार
असाड २६, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असार २६ - 
लहानको प्रहरी हिरासतबाट एक थुनुवा फरार भएका छन्। सिरहा प्रहरीको लापरवाहीले ईलाका प्रहरी कर्यलाय लहानको थुनामा रहेको थुनुवा फरार भएका हुन्।  लागू औषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहा नवराजपुर गाउँपालिका - १ निबासी राम प्रकाश भन्ने पशुपति यादब आज बिहान २ बजेको समयमा हिरासतको ग्रिलकाटेर फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।  फरार यादवको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी एवमं प्रहरी प्रवक्ता सुवास बुढाथोकीले बताएका छन् । फरार यादवको घटनाबारे थप अनुसन्धान भइरहेको बुढाथोकीले बताए ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.