शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जबरजस्ती करणी गर्ने बुवा संगै लागु औषध सहित एक पक्राउ
असाड २७, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असार २७ - 
सिरहा प्रहरीले आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने बुवा संगै लागु औषध सहित एक जना लाई पक्राउ गरेका छन्।आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला सिरहा गोलबजार ४ बस्ने वर्ष ४० को बुवालाई मिर्चैया बाट आइतबार  नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय गोलबजार सिरहामा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

यसै बीच प्रहरी चौकी सितापुर सिरहाबाट खटिएको प्रहरी टोलीले कार्यालय अगाडी चेकिङ गर्ने क्रममा साईकल यात्री जिल्ला सिरहा लहान न.पा १ बस्ने संजय कुमार मण्डलको साथबाट लागु औषध नाईट्रोभेट ट्याबलेट ४३ पिस फेलापारी उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.