शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पेस्तोल सहित दुई युवा पक्राउ
असाड २८, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असार २८ - 
सिरहा प्रहरीले पेस्तोल सहित दुई युवा लाई पक्राउ गरेका छन्। प्रदेश- २ प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला सिरहा गोलबजार न.पा.९ स्थित जिल्ला सिरहा मिर्चैया न.पा.१० बस्ने वर्ष २६ को रामकुमार यादव र सोहि ठाउँ बस्ने वर्ष २२ को रुपेश यादवलाई शंका लागी चेकजाँच गर्दा राम कुमार यादवको साथबाट Made in Italy लेखिएको अटोमेटिक पेस्तोल एक थान, सो को म्यागजिन एक थान र Type 77 लेखिएको दुई राउण्ड गोली सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। 

कर्तब्य ज्यान मुद्वाका फरार प्रतिवादी पक्राउ 

सिरहा प्रहरीले कर्तब्य ज्यान मुद्वामा फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न सफल भएका छन। कर्तब्य ज्यान मुद्वामा जिल्ला अदालत सिरहाबाट ६ महिना ४ दिन कैद तोकिएको फरार रहेका प्रतिवादी जिल्ला सिरहा कर्जन्हा न.पा.-३ खैराटोल बस्ने बर्ष ३९ को श्री प्रसाद सदालाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अबस्थामा ईलाका प्रहरी कार्यालय बन्दिपुर सिरहाबाट खटिएको प्रहरी टोलीले कर्जन्हा न.पा.-३ स्थितबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागी जिल्ला अदालत सिरहामा बुझाईएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। 

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.