शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
समाजसेवी चौधरीले लिए एक बालकलाई कक्षा १२ सम्म पढाउने जिम्मा
असाड २९, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असार २९ - 
समाजसेवी महेश चौधरीले एक बालकलाई कक्षा १२ सम्म पढाउने जिम्मा लिएका छन् । केहीदिन अगाडि अल्पआयूमै मृत्यु भएका चौधरी निकट लहान नगरपालिका २४ का दिपेन्द्र सिंहको छोरालाई चौधरीले पढाउने जिम्मा लिएका हुन्। अहिले मृतक सिंहका छोरा सुदिप कुमार सिंह कक्षा ७ मा लहान ३ स्थित लहान प्यारागन पब्लिक स्कूलमा पढ्दैछन् । उक्त बालकको कक्षा १२ सम्मको पढाई खर्च संगीता कर्माचार्य स्मृति प्रतिष्ठानले व्यहोर्ने समाजसेवी चौधरीले जानकारी दिएका छन् ।समाजसेवी चौधरीका अनुसार ‘दलित, विपन्न वस्तीमा मेरो श्रीमति संगीताको चाहना थियो कोही भोकै नरहोस, त्यसैले संगीताको देहान्तपछि पनि राहत वितरण अभियान जारी नै राखेको छु ।’ समाजसेवा अभियान सधैँभरि स्मृति प्रतिष्ठान मार्फत चलाईराख्ने उनले बताए । यस अभियानमा मनकारी साथीभाईहरुले पनि मद्दत गरिरहेको उनले सुनाए । 

समाजसेवी चौधरीको श्रीमति संगीताको कोरोना संक्रमणबाट डेढ महिना अगाडि मृत्यु भएको थियो । गतवर्ष कोरोना कहरदेखि नै चौधरी र कर्माचार्य दुवै दम्पतिले गाउँगाउँमा राहत वितरण गर्न सुरु गर्दै समाजसेवामा समर्पित हुदै म.स. जोडीको नामले आफ्नो छुटै पहिचान बनाउन सफल भएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.