शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सखुवानन्कारकट्टीमा सरोकारवालाहरु द्वारा संयुक्त अनुगमन
असाड ३०, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असार ३० - 
सत्ता र बहुमतको आडमा जनप्रतिनिधिहरुले आफ्नो मनपरी गरीरहेको जताततै आवाज उठिरहेको बेला सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले उदाहरणीय कार्य गरेको छ ।स्थानीय तहमा निर्वाचित भएको दिन देखि हाल सम्म गाउँपालिकाले पाँचै वडामा गरेको कामहरुको सरोकारवालाहरु संग स्थलगत अनुगमन गराएका छन्। बिकास निर्माणको कार्यमा गाउँपालिकामा भ्रष्टाचार भएको आवाज उठिरहेकोले पारदर्शीताका लागी सरोकारवालाहरुलाई राखी नापजाँच सहितको स्थलगत अनुगमन गराईएको गाउँपालिका अध्यक्ष यादवले बताए।

 जिल्ला समन्वय समिती सिरहाका प्रमुख रामचन्द्र ठाकुर , उपप्रमुख सरोज यादव , ईलाका प्रशासन कार्यालय लहानका प्रमुख सहितको प्रतिनिधि , नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादव संगै कार्यसमितिका पदाधिकारीहरु लगायत दर्जनौ स्थानीय तथा राष्ट्रिय मिडियामा आवद्ध संचारकर्मीहरुको संयुक्त अनुगमन टोलीले स्थलगत अनुगमन गरेका छन्। गनुगमं गर्ने क्रममा स्थानीयको प्रतिक्रिया र योजनाहरुको स्टिमेटका आधारमा गाउँपालिकाले आर सिसि ढलान , मन्दिर निर्माण , सामुदायिक भवन , कृषि बिधुतिकरण लगायत भौतिक पुर्वाधार र लक्षितवर्गको क्षेत्रमा उदाहरणिय कार्य गरेको संयुक्त अनुगमन टोलिले निष्कर्ष निकालेको छ।

सिरहा जिल्लाको १७ वटा स्थानीय तहहरु मध्येका अन्य गाउँपालिकाहरुको तुलनामा सखुवानन्कारकट्टी गाउँपालिकाले महत्त्वपूर्ण र नमुना कामहरु गरेको नेपाल पत्रकार महासंघ सिरहा शाखाका निवर्तमान सभापति दिनेश्वर प्रसाद गुप्ताले बताए। निवर्तमान सभापति गुप्ताका अनुसार जिल्लाका अन्य स्थानीय तहहरु आफ्नो काम लुकाउन अनुगमन देखि डराउछन् तर सखुवानन्कारकट्टी गाउँपालिकाले सरोकारवाला निकायका प्रतिनिधिहरुलाई एकैसाथ बोलाएर नापजाँच सहित संयुक्त अनुगमन गराई सराहनीय कार्य गरेको र यस गाउँपालिका बाट अन्य स्थानीय तहले पनि सिक्नु पर्ने तर्क गरे । यता जनप्रतिनिधि निर्वाचित भएको दिन देखी पहिलेको तुलनामा हाल सम्म सखुवानन्कारकट्टी गाउँपालिकामा धेरै साकरात्मक परिवर्तनहरु भएको जसपाका स्थानीय युवा नेता मनोज यादव (मनज्य) लगायत स्थानीयवासीहरुको भनाई छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.