शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
स्व.संगीता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा राहत वितरण
साउन ५, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ श्रावन ५ - 
सिरहाको लहानकी समाजसेवी संगीता कर्माचार्य निधनको ४५ औं पुण्य तिथिमा दलित महिलाहरु लाई विभिन्न सामग्री वितरण गरिएको छ। संगीताका श्रीमान तथा समाजसेवी महेश चौधरीले मरिक समुदायका महिलाहरुलाई मंगलवार राहत सामग्रीहरु वितरण गरेका हुन्।समाजसेवी चौधरीले ‘स्वर्गिय संगीताले सुरु गरेकी समाजसेवाका कामलाई निरन्तरता दिदै लहान नगरपालिका १ ,३ र ४ का मरिक समुदायका २५ जना महिलाहरुलाई १० किलो चामल,१ लिटर तेल ,१ किलो नुन र १ थान साडी हस्तान्तरण गर्दै ४५ औं दिनको काम सम्पन्न गरेँ ।’ उनले आफू स्व.संगीता कर्माचार्य स्मृति प्रतिष्ठान लहानको आर्थिक सहयोगमा समाजसेवाको कार्यलाई निरन्तरता दिदै जाने बताएका छन्।

म.स जोडीको नामले समाजसेवामा आफ्नो छुटै पहिचान बनाउन सफल यी जोडी मध्ये संगतीताको कोरोनाको दोस्रो लहरमा संक्रमणबाट निधन भएको थियो । उनी कोरोनाको पहिलो लहरबाट पीडित लहानका हजारौं परिवारलाई राहत बाँडेकी थिइन् । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.