शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बलात्कार आरोप लागेका व्यापारी कोकबा जेल चलान
साउन १३, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ श्रावन १३ - 
बलात्कारको आरोप लागेका सिरहा गोलबजारका व्यापारी महेश साह उर्फ कोकबा लाई पुर्वपक्षका लागि जेल चलान गरिएको छ। गोलबजार नगरपालिका ४ बस्ने ५० वर्षीय कोकबा लाई जिल्ला अदालत सिरहाले पुर्वपक्षका लागि जेल चलान गरेको हो। धनगडीमाई नगरपालिका -१० मा अवस्थित उनले आफ्नै कौशल एग्रो राईस मिलमा कार्यरत एक महिला कामदारलाई बलात्कार गरेको आरोप छ। कोकबा लाई अदालतले थुनछेक बहस अन्तर्गत  पुर्वपक्षका लागि जेल चलान गरेका हुन्। कोकबालाई महिलाको उजुरीको आधारमा प्रहरीले सोहि मिल बाट गत असार १० गते पक्राउ गरेको थियो। अदालतमा उनलाई रिहा गर्ने कुनै ठोस प्रमाण पेश नभए पछि अदालतले उनलाई  पुर्वपक्षका लागि जेल चलान गरेको सिरहा जिल्ला अदालतका श्रेस्तेदार नरेन्द्र श्रेष्ठले जानकारी दिए। गोलबजार स्थित संचालनमा रहेका जय माँ धामिनी राइस मिलका संचालक समेत रहेका कोकबालाई जिल्ला अदालत सिरहा २ नम्बर इजलासका न्यायधिस कृष्ण प्रसाद सुबेदीको एकल इजलासले उनलाई थुनछेक गरि कारागार पठाएको हो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.