शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
देवर,ससुरा द्वारा एक महिलाको हत्या,किटानी जाहिरी दर्ता गर्न प्रदर्शन
साउन १३, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ श्रावन १३ -  
सिरहा जिल्लाको ईलाका प्रहरी कार्यालय लहान अगाडि पोस्टमार्टम भइसकेको महिलाको शव सहित प्रदर्शन गरिएको छ। ससुरा पक्षले हत्या गरेको भन्दै माइती पक्षले मृतक महिलाको शव सहित प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्। धनगढीमाई नगरपालिका ६ स्थित सिमराका सुनिल महतोकी अन्दाजी २९ वर्षीया श्रीमती ज्ञानकुमारी महतो सोमबार राति पौने १२ बजेतिर आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । घटनाबारे जानकारी पाएपछि मंगलबार बिहान घटनास्थल पुगेका  प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि धरान पठाएको थियो।

धरानबाट पोष्टमार्टमपछि मृतक महिलाको शव माइती पक्षले ल्याएर ईलाका प्रहरी कार्यालय अगाडि ससुरा राज कुमार महतो ,काका ससुरा देवन महतो र देवर अनिल कुमार महतो मिलेर ज्ञानको हत्या गरेको भन्दै किटानी जाहिरी दर्ता गर्न  प्रदर्शन गरेका हुन् । ज्ञानको मृत्यु घटना आत्महत्या नभई हत्या भएको माइती पक्षले दाबि गरेका छन्।

लहान नगरपालिका - १८ भदैया निवासी स्वर्गीय नसिबलाल महतोको छोरी ज्ञानको विहे आठ वर्षअघि हिन्दु परम्परा अनुसार सु-सम्पन्न भएको थियो। मृतक ज्ञानका श्रीमान् सुनिलको मानसिक अवस्था कमजोर छ। उनीहरूको ६ वर्षीय एक छोरा छन। बिहे भएदेखि नै छोरीलाई ससुरा र देवरले विभिन्न किसिमको यातना दिँदै आएको र अहिले आएर हत्या नै गरिदिएको मृतककी आमा महेश्वरी महतो बिलाप गर्दै बताइन्।छोरीको शरीरको विभिन्न भागमा हिलो लागेको पनि देखिएकोले उनलाई घिसारेर हत्या गरेको हुनसक्ने र त्यसपछि फस्ने डरले झुण्ड्याइदिएको दावी महेश्वरीको छ । छोरीको हत्या नै भएको पटकपटक प्रहरीलाई बताए पनि प्रहरीले आफूहरूलाई वास्ता नगरेको र जाहेरी पनि नलिएपछि शव लिएर प्रदर्शन गरेको बताउदै उनी रुँदै भनिन्: एक महिनाअघि ज्ञानलाई कुटपिट गरेपछि त्यसयता माइतीमै बस्दै आएकी थिइन् । केही दिन पहिले फेरि आएर ससुराले लगे । त्यसको केही दिन नबित्दै मेरी छोरीलाई मारिदियो ।

यता, प्रहरीले शव झुण्डिएको अवस्थामा भेटिएका कारण अहिले जाहेरी नलिएको बताएको छ । शव पोष्टमार्टम भइसकेको र एक साता भित्र   रिपोर्ट आएपछि त्यसको आधारमा अनुसन्धान अगाडी बढाउने ईलाका प्रहरी कार्यलय लहानले जनाएको छ । आरोपकै भरमा किटानी जाहेरी लिननमिल्ने भन्दै पोष्टमार्टम रिपोर्टको प्रतिक्षामा छौं प्रहरीको भनाई छ। 

पाँच जना फरार अभियुक्त पक्राउ
भाद्र ६, २०७८ | फिरोज शेख
प्रहरीले २ हजार ३७६ पीस रजनीगन्धा
साउन २८, २०७८ | सरगम खबर समाचारदाता
लहानको गुद्री बजार लफडा : महिनौं
साउन २१, २०७८ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.