शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एस.ओ.एस.द्वारा शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
साउन १९, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ श्रावन १९ - 
सिरहाको लहान -८ मा प्रदेश -२ कै पहिलो र पूर्ण व्यवस्थित नमुनाविद्यालयको रुपमा स्थापना भईरहेको स्कुल अफ स्क्लर्सले पत्रकारहरु संग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्। वि.स. २०६० सालमा स्थापना भएको मदरल्याण्ड स्कुलको नाम र ठाउँ परिवर्तन गर्दै प्रदेश -२ कै नमुना विद्यालयको रुपमा संचालनमा आएको एस.ओ.एस.ले मंगलवार एक कार्यक्रमको आयोजना गरि "२१ औ शताव्दीको शिक्षा कस्तो हुनुपर्छ ? भन्ने विषयमा पत्रकारहरु संगको एक दिने न्तरक्रिया कार्यक्रम सम्पन्न गरेका हुन्।स्कुलका कार्यकारिणी निर्देशक सुदिपराज कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आ-आफ्नो धारणा राख्ने क्रममा विद्यालयका प्रधानाध्यापक अभि नारायण निरौलाले २१ औ शताव्दीको शिक्षाका लागि चाहिने सम्पूर्ण पूर्वधार यस विद्यालयमा उपलब्ध रहेको जानकारी गराउदै यस क्षेत्रका विद्यार्थीहरुलाई बिराटनगर ,काठमाडाैं नजानु पर्ने बताउदै प्ले ग्रुप देखि मास्टर्स डिग्री सम्मको पठन-पाठन यस विद्यालयले गराउने तयारी भइरहेको जानकारी गराए। प्रधानाध्यापक निरौलाका अनुसार यस विद्यालयले विद्यार्थी तथा अभिभावकको लक्ष्य ,उदेश्य र दृष्टिकोण पुरा गर्न कुनै कसर बाँकी नराख्ने ठोकुवा गर्दै यस विद्यालयमा योग्य,सफल नागरिक बनाउन स्मार्ट क्लास ,साइन्स ल्याव ,फिजिक्स साइन्स ल्याव लगायतका ल्यावहरु, म्याथ ल्याव,आई सी टि ल्याव ,ल्याब्रेरी र ई -ल्याब्रेरी ,सेमिनारहल,आर्ट ग्यालरी रुम ,खेलकुद,म्युजिक ,डान्स,ड्रामा,कल्चर प्लेटफर्म ,हेल्थ युनिट /मेडिकेयर ,हाइजेनिक क्याफेटेरिया,शुद्ध हेल्दी खाना,स्वच्छ ,शान्त तथा हरियाली वातावरण ,सेकुरेटी सेफ्टी,सेल्फ डिफेन्स ट्रेनिंग,रिसर्च म्यानेजमेन्ट वार्ड ,छुट्टा छुटै छात्र तथा छात्राका लागि होस्टल ,सुविधा सम्पन्न स्टाफ रुम ,एजुकेशनल न्युजपेपर, ट्रान्सपोटेसन सर्भिस,लाइफ स्किल सर्भिस ,मोंटेश्वारी वेस एजुकेशन ,दक्ष तथा अनुभवी शिक्षक टिम भएको हुनाले २१ औ शताव्दीको शिक्षाका लागि चाहिने सम्पूर्ण पूर्वधार यस विद्यालयमा उपलब्ध रहेको हुनाले आ-आफ्नो नानिबाबुहरुको उज्वल भविष्य निर्माणको लागि यस विद्यालयलाई नै रोज्नुपर्ने अभिभावकहरु संग आग्रह गरेका छन्। 

यसै बीच संचारकर्मीहरुले उर्दु तथा मैथिली भाषामा पनि पठन-पाठन हुनु पर्ने जिज्ञासा तथा सल्लाह सुझाव राख्दा निर्देशक कुशवाहाले उर्दु तथा मैथिली भाषालाई पनि समेट्ने विश्वास दिलाउनु भयो। सुरुवाती चरणमा १० करोडको लगानीमा संचालन भइरहेको यस विद्यालयको क्षेत्रफल ३१ कट्ठा रहेको छ। भने ५१ जना यसमा शेयर सदस्यहरु रहेका छन्। कार्यक्रममा विभिन्न संचार क्षेत्रमा आवद्ध एक दर्जन भन्दा बढी संचारकर्मीको उपस्तिथी रहेको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.