शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानको गुद्री बजार लफडा : महिनौं देखि थुपारिएको फोहोर समाजसेवी
साउन २१, २०७८ | फिरोज शेख

फिरोज शेख लहान श्रावन २१ - 
 लाहान नगरपालिकाले पानि परेको कारण विगत एक महिना देखि फोहोर ब्यवस्थापन गर्न नसक्दा लहानको मुख्य गुद्री बजार ( नयाँ बजार )  प्रदुषित भए पछि स्थानीय समाजसेवी महेश चौधरीले त्यहाका व्यपारीहरु संग समन्वय गरि बजार बाट निस्केको तिन ट्राक्टर फोहर लहान ५ स्थित नव निर्मित वडा कार्यलय पछाडि खुट्टी खोलामा ब्यवस्थापन गरेका छन्। फोहोरको दुर्गन्धले बाटो हिडनेलाई नाक मुख छोपी  बाटो काट्ने बाध्यता संगै पसलहरुमा ग्राहक समेत पातलिदै जाँदा नयाँ बजारका व्यापारीहरुको अनुरोधमा समाजसेवी चौधरीले फोहर व्यवस्थापन गरेको बताएका छन् । समाजसेवी चौधरीले भने 'विभिन्न बहानामा फोहोर उठाउन छोडनु यहाँका मेयर मुनी साहको फोहरी राजनीति हो । चुनावी प्रचारमा ठूलो ठूलो सपना देखाउने मेयर साहले स्थानीयहरूलाई विभिन्न बहानामा दु:ख दिइरहेको चौधरीले आरोप लगाएका छन्।समाजसेवी चौधरी नेपालि कांग्रेसका सक्रिय युवा नेता पनि हुन्। 

यता लहान नगरपालिकाको स्वामित्वमा रहेको नयाँ बजारलाई स्तरउन्नति गर्दै स्मार्ट बजारको रुपमा परिणत गर्ने गरि पुरानो छाप्रोहरुलाई तोडी नयाँ स्टल निर्माण गर्ने भनि विगत तिन महिना देखि पटक -पटक नगरपालिकाले सुचना तथा छलफल गरे पनि नयाँ बजारका व्यापारीहरु अटेरी गर्दै विभिन्न राजनीतिक दलहरुको उस्काहट तथा संरक्षणमा परि विकासकार्यमा तगारो हाल्दै लहाननगरपालिकालाई बद्नाम गराउने उदेश्यले जवर्जस्ती फोहर थुपारेर राजनीतिक रंग दिएको नगरपालिकाले जनाएको छ। यता नयाँ बजारका व्यापारीहरु विगत लामो सय देखि गुद्री बजारमा पसल गर्दै आफ्नो हात मुख जोडिरहेका छन् । बजार नै तोडियो भने आफुहरुको उठिबास हुने र आफ्ना घरपरिवार कसरी चलाउने भन्दै  व्यापारीहरु आन्दोलित भएका छन्। त्यहाका व्यापारीहरुले नगरपालिकालाई आफुहरुको व्यक्ल्पिक व्यवस्थापन गरि बजारको स्टल निर्माण भएपछी आफुहरुले नै भोगचलन गर्न पाउनु पर्ने भनि माग गर्दै आइरहेका छन्। नयाँ बजारलाई स्मार्ट बजारको रुपमा परिणत गर्न नगरपालिकाले बजेट विनियोजन गरि ठेक्का पनि लगाइसकेको जानकारी प्राप्त भएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.