शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कर्माचार्य प्रतिष्ठान द्वारा ३५ गर्भवतीलाई पौष्टिक आहार वितरण
साउन २३, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ श्रावन २३ - 
सिरहाको लहानमा म.स. जोडीको नामले प्रख्यात समाजसेवी महेश चौधरी र संगीता कर्माचार्य मध्ये समाजसेवी संगीता कर्माचार्यको निधनको दुई महिना पुगेको सम्झनामा संगीता कर्माचार्य स्मृति प्रतिष्ठान लहानले शुक्रबार गरिब तथा दलित समुदायका गर्भवती महिलाहरुलाई पौष्टिक आहार वितरण गरेका छन् । स्वर्गीय  कर्माचार्यका श्रीमान तथा समाजसेवी महेश चौधरीले संगीता कर्माचार्यले गरीब,दलित र असहायका लागी गरेको योगदान लाई जिवन्त राखनका लागी प्रत्येक महीनाको २२ गते वितरण गर्ने राहत यसपालि लहान नगरपालिका वडा नं-२० का ३५ जना गर्भवती महिलहरू पौष्टिक आहार वितरण गरेका हुन्। 

समाजसेवी चौधरी आफै पुगी लहान नगरपालिका वडा न-२० का ३५ जना महिलाहरुलाई पौष्टिक आहार स्वरूप १० किलो चमाल,१ किलो दाल,१ लिटर तेल,१ किलो चीनी,१ किलो  नून,१ किलो मटर,एक किलो आलु र १ किलो चना हस्तान्तरण गरेका छन् । त्यस्तै केहि दिन पहिला अल्पआयुमै मृत्यु भएका लहान नगरपालिका-२२ का दलित अगुवा समतलाल सदायका परिवार लाई राहत स्वरूप १०० किलो  चमाल,१५ किलो दाल,५ लिटर तेल र ५ किलो नून समेत सहयोग गरिएको समाजसेवी चौधरीले जनाएका छन्। मृतक समतलाल सदायका एक श्रीमती दुई छोरी र दुई छोरा छन। समाजसेवी कर्माचार्यको कोरोना संक्रमणबाट उपचारको क्रममा २०७८ जेठ २२ गते निधन भएको थियो । गत वर्षको लकडाउन देखि नै सामाजिक कार्यमा समय बिताईरहेका चौधरीले आफ्नो सहयात्री संगिता कर्माचार्यको साथ छुटेपनी उनले समाजसेवा छोडेका छैनन् । विपन्न वर्गलाई खाद्यान्न वितरण गरि चौधरी र कर्माचार्य 'मस जोडी' को नामले चिनिएका थिए । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.