शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ओरेक सिरहाद्धारा सुत्केरी र गर्भवतीलाई खाद्यान्न सहयोग
साउन २४, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ श्रावन २४ - 
ओरेक परियोजना कार्यालय सिरहाले लहान नगरपालिकाको ११,१२,१३ र २४ लगायत चार वटै वडाका सय जना गर्भवती, सुत्केरी एकल महिला, शारिरिक अशक्त भएका व्यक्ति र अतिविपन्न परिवारलाई श्रावन २४ गते आइतबारका दिन खाद्यान्न सहयोग गरेको छ । लहान नगरपालिका वडा नं. ११ मा वडा सदस्य चलितर राम, वडा नं. १२ मा ओरेकको केन्द्रिय सदयस्य श्याम साह, वडा नं. १३ मा वडा अध्यक्ष ईश्वर वस्नेत र वडा नं. २४ मा ओरेकको जिल्ला संयोजक  शर्मिला निरौलाको हातबाट खाद्यान्न वितरण गरिएको हो । राहतमा २५ किलो चामल, १ किलो चना, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल, १ किलो सर्फ, नुहाउने साबुन, एक प्याकेट मास्क र प्याडको लागि प्रयोग गर्न २ मिटर सुतीको कपडा रहेको ओरेककी कार्यक्रम तथा संचार अधिकृत अनिता चौधरीले बताउनुभयो ।  कोरोना महामारीका दोस्रो लहरका कारण अहिले पनि अवस्था समान्य नभएको हुँदा ओरेकले दिएको खाद्यान्नले एउटा गर्भवती तथा सुत्केरी महिलालाई एक महिनाको लागि पुग्ने खाना र सरसफाईका सामाग्री दिएको ओरेक परियोजना कार्यालय सिरहाकी संयोजक शर्मिला निरौला निरौलाले जानकारी दिनु भयो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.