शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान जेसीजको रक्तदान कार्यक्रम सम्पन्न
साउन २७, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ श्रावन २७ - 
सिरहाको लहानमा भएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन्  । बुधबार लहान सिटि जेसीजको आयोजनामा भएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका हुन् ।   जुनसुकै बेला पनि रगत अभाव हुन सक्ने भन्दै लहान जेसीजले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाइटी लहानको प्राविधिक सहयोगमा लहान -७ मा अवस्थित क्यान्सर केयर सेन्टरमा  रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रगत अभावका कारण बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भनेर लहान जेसिजले वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । लहान सिटि जेसिजका जनसम्पर्क अधिकारि उमेश साहको संयोजकत्वमा सम्पन्न रक्तदान कार्यक्रममा जेसिजका सदस्यहरु संगै विभिन्न व्यक्तिहरूले रक्तदान गरेको लहान सिटि जेसिज वर्ष २०२१ का अध्यक्ष अजय जयसवालले जानकारी दिएका छन।
 
सिटि जेसिज लहानले यस अधि पनि विभिन्न किसिमका सामाजिक कार्य तथा नागरिकका सरोकार सँग सम्बन्धित विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । रक्तदान जस्तो महान् कार्यमा सहयोग गर्ने सबैलाई लहान जेसिजले धन्यवाद समेत दिएको छ । लहान जेसीजका अध्यक्ष जयसवालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.