शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रहरीले २ हजार ३७६ पीस रजनीगन्धा र फरार प्रतिवादी समात्यो
साउन २८, २०७८ | सरगम खबर समाचारदाता

सिरहा लहान २०७८ श्रावन २८ - 
इलाका प्रहरी कार्यालय लहानबाट खटिएका प्रहरी टोलीले २३७६ पीस रजनीगन्धा समातेको छ । तर, ल्याउने व्यक्ति पक्राउ गर्न सकेको छैन् । भारतबाट नेपाल तर्फ भन्सार चोरी पैठारी गरि ल्याउँदै उक्त ८३ हजार १६९ रुपैयाँको रजनीगन्धा प्रहरीले लहान नगरपालिका ३ बाट समातेको हो । समातेको रजनीगन्धा ठाडी भन्सारमा बुझाइएको प्रहरीले जनाएको छ । तर, प्रहरीले संचारकर्मीलाई पठाइएको मेलमा रजनीगन्धा ल्याउने व्यक्ति फरार भएको हो की ? पक्राउ नगरेको हो की ? त्यस बारेमा केही खुलाएका छैनन् । 

यसै बीच मिति २०७० असार ३१ गते जिल्ला अदालत सिरहा बाट फैसला भई भ्रष्टाचारमुद्धामा फरार रहेको प्रतिवादी जिल्ला सिरहा नबराजपुर गा.पा.१ बस्ने वर्ष ४६ को नागेन्द्र प्रसाद यादवलाई लहान न.पा.२ बाट ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागी जिल्ला अदालत सिरहामा बुझाईएको । भ्रष्टाचार मुद्धामा यादवलाई १ महिना २० दिन कैद र ५० हजार जरिवाना तोकीएको छ ।

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.