शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लागुऔषध सहित लहानबाट सिटि रिक्सा चालक पक्राउ
साउन २८, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ श्रावन २८ - 
सिरहाको लहानमा लागुऔषध सहित सिटि रिक्सा चालकलाई प्रहरीले लहान -७ बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवानन्कारकट्टि गाउँपालिका ३ परिहारपुरका रिक्सा चालक ३० वर्षीय घुरन यादव रहेको प्रहरीले जनाएको छ । उनको साथबाट लागुऔषध फेनारगन ९७ एम्पुल, नोर्फिन  ९७ एम्पुल, डाईजिल्याप ९७ एम्पुल गरी जम्मा २९१ एम्पुल लागुऔषध फेला पारेका छन्। लहान नगरपालिका ७ तिनकुने पार्क मारवाडी सेवा सदन जाने बाटो नजिक इलाका प्रहरी कार्यालय लहानका प्रहरी टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी सुवाष बुढाथोकीले जानकारी दिएका छन् । डिएसपी बुढाथोकीका अनुसार स१ ह ६२५ नम्बर सिटि  रिक्सामा यादवले रिक्साको पछाडिको सिट मुनि कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखिएको लागुऔषध भेटिएको हो । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यलय लहानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.