शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानका कुशल व्यवसायी तथा समाजसेवी चौधरीको अल्पायुमै निधन
भाद्र १, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ भाद्र १ - 
लहान नगरपालिका वडा न .७ का समाजसेवी तथा कुशल व्यवसायी लालबाबु चौधरीको अल्पायुमै निधन भएको छ। क्यान्सर रोग बाट ग्रसित ५७ वर्षीय चौधरीको सोमबार निज निवास लहान ७ मै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएका छन्। स्थानिय निकायको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट लहान नगरपालिका वडा न.७ को वडा सदस्यका प्रत्यासी समेत रहनु भएका चौधरीको निधनले लहानवासी सोकाकुल भएका छन्।चौधरीको निधन बाट एकजना सक्रिय एवं बफादार सदस्य गुमेको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) सिरहाले जनाएको छ । स्वर्गीय भण्डारीका एक श्रीमती, चार छोरा  छन् । सामाजिक सेवामा रुचि राख्ने चौधरी स्थानीय तहको निर्वाचन देखि राजनीतिक क्षेत्रमा पनि सक्रिय रहेका थिए।

सामाजिक काममा निःस्वार्थ भावले अग्रसर हुने चौधरीको निधनबाट लहानले एकजना कर्मठ समाजसेवी गुमाएको लहान -७ का वडा अध्यक्ष राकेश रोशन गुप्ता बताउछन। लहानमा हुने विभिन्न धार्मिक तथा सामाजिक कार्यहरुमा जहिले पनि अहम भूमिका निर्वाह गर्दै  परिआए अहोरात्र पनि खट्ने एकजना निष्कलंक, निष्ठावान समाजसेवीको निधनबाट लहानलाई अपूरणीय क्षति भएको छ । स्वर्गीय चौधरीको आज मङ्गलबार  हिन्दु परम्परा अनुसार दाहसंस्कार हुने उनका छोरा सिद्धार्थ चौधरीले जानकारी दिएका छन् । लहान ७ गणेश चौक स्थित हार्डवेयर व्यवसाय गर्दै आउनु भएका चौधरीलाई सामाजिक संजाल मार्फत विभिन्न क्षेत्रका व्यक्तित्वहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।  स्वर्गीय चौधरी प्रति शेख मिडिया हाउस प्रालि , सरगम खबर डटकम तथा रेडियो सरगम ९३ मेगाहर्ज परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ।

जय प्रकाश कुटपिट प्रकरण :नाटक मात्रै
भाद्र २९, २०७८ | फिरोज शेख
कुस्ती खिलाडी यादवले लाखौ रकम ठगी
भाद्र २७, २०७८ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.