शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अध्यादेश खारेजको मांग गर्दै लहानमा प्रदर्शन
भाद्र ३, २०७८ | फिरोज शेख

सिरहा लहान २०७८ भदौ ३ - 
नेकपा एमाले आवद्ध राष्ट्रिय युवा संघ सिरहा र अनेरास्ववियू जिल्ला कमिटिको अगुवाईमा सरकारले ल्याएको अध्यादेश खारेजसँगै अन्य मागहरु राखेर लहानमा प्रदर्शन गरेको छ ।लहान–५ बाख्रा बजारबाट निकलेको बिरोध र्यालीले बजार परिक्रमा गरि शहिद चौकमा कोण सभा गरेर सम्पन्न भएको थियो ।अध्यादेश चाहिँदैन,पार्टी फुटाउन पाइदैन,अपगानिस्तानमा फसेका नेपालीहरुलाई फिर्ता ल्याउन लगायतका मुख्य नारा लगाएको थियो ।कोणसभामा राष्ट्रिय युवासंघका केन्द्रिय सदस्य धर्मराज चौधरीले माधव नेपालले पार्टी फुटाउनको लागि शेर बमहादुर देउवाको चाकरी गरेर सिंगो कम्युनिष्ट आन्दोलनलाई क्षति पुरयाउन ल्याएको अध्यादेश खारिज नहुञ्जेलसम्म युवा विधार्थीको संयुक्त आन्दोलन नरोकिने बताए ।अनेरास्विवियु जिल्ला अध्यक्ष सुधन कुशियतले आदालतको परमादेशले बनाई दिएको मापशे सरकार प्रतिगामी कदमहरु चाल्न सुरु गरेकोले सडक आन्दोलनबाट यो परमादेश सरकारलाई लोकतन्त्र, संविधान र सरकार कसरी चलाउनु पर्छ भने पाठ सिकाउन जररुरी रहेको तर्क गरे  ।

कोणसभामा नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा विधार्थी इन्चार्ज दिनेश यादवले अध्यादेश फिर्ता नलिएसम्म,अफगानिस्तानबाट नेपालीहरुको उद्धार नभएसम्म र जयसिंह धामीले न्याय नपाएसम्म सडकमा विधार्थी युवाले सरकारलाई दबाब दिइरहने बताए। जानादेश प्राप्त केपी ओलीको नेतृत्वको सरकारलाई ढालेर शेर बाहादुरको नेतृत्वमा सरकार बनाउने प्रचण्ड, माधव नेपाल आउने चुनावमा जनततासँग मत माग्ने कुनै हैसित नरहेको उनले ठोकुवा गर्दै आउने चुनावमा फेरि केप ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरे ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य, सिरहा जिल्ला युवा इन्चार्ज बैधनाथ साहले युवा परिवर्तनको वाहक शक्ति भएको भन्दै मुलुकमा राष्ट्रियता र समृद्धिको जग निर्माण गरि सकेको केपी ओली नेतृत्वको सरकार ढालेका माधव नेपाललाई सजिलो हुने गरी मापशे सरकारले ल्याएको अध्यादेश खारेजी भइछाड्ने ठोकुवा गरे ।लेकतन्त्रमा कुनै पनि दल फुट्नु हुँदैन तर मापशे सरकारले नेकपा एमाले विभाजन गर्न ल्याएको अध्यादेश जनताको तागतको बलमा खारेज गराउन सडक आन्दोलनमा उत्रेको बताउदै नेपाली जनता, नेकपा एमाले, चुनाव चिन्ह सुर्य र अध्यक्ष केपी ओलीको नेतृत्वमा संगठित रहेको धारणा व्यक्त गरे । राष्ट्रिय युवा संघ सिरहाका अध्यक्ष इन्द्रश राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रमका अध्यक्षको हैसियतमा राउतले सिरहा जिल्लाका युवाहरु पार्टीको मूल लाइनमा आवद्ध रहेको दावी गरे । राष्ट्रिय युवा संघ सिरहाको बैठक ७ गते सिरहाको चोहर्वामा बसेर थप आन्दोलनको कार्यक्रम सार्वजानिक गर्ने उनले जानकारी गराए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.