शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अवैध लागूऔषध (ब्राउन सुगर) सहित लहान बाट तिन जना पक्राउ
भाद्र ३, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ भदौ ३ - 
अवैध लागूऔषध (ब्राउन सुगर) सहित नेपाल प्रहरीले लहान ५ बाट तिन जनालाई पक्राउ गरेका छन्।  प्रदेश-२ प्रहरी कार्यालय जनकपुर तथा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले जिल्ला सिरहा लहान नगरपालिका ५ स्थित चेकजाँचको क्रममा जिल्ला सिरहा लहान नगरपालिका वडा नं. २४ मानिकदहबस्ने बर्ष १८ को मनदिप विश्वकर्मा, लहान नगरपालिका वडा नं. ५ बस्ने बर्ष ५२ को रामदेव यादव र  लहान नगरपालिका वडा नं. ५ नै बस्ने बर्ष २५ को दिपेन्द्र यादव समेत तिन जनालाई  अवैध लागू औषध (ब्राउन सुगर)  अन्दाजी आठ ग्राम सहित बरामद गरी तिनै जनालाई  नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सिराहाका प्रवक्ता तथा सुचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिएका छन्। 

 

लागूऔषध सहित एक पक्राउ
आश्वीन ३०, २०७८ | फिरोज शेख
हिरासतबाट फरार थुनुवा अढाई महिनापछि पक्राउ
आश्वीन ९, २०७८ | सरगम खबर समाचारदाता
दुखरण हत्या प्रकरण : श्रीमती नै
आश्वीन ४, २०७८ | फिरोज शेख
सिरहाबाट ब्राउन सुगरसहित एक पक्राउ
भाद्र १८, २०७८ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.