शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पाँच जना फरार अभियुक्त पक्राउ
भाद्र ६, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ भदौ ६ - 
सिरहा प्रहरीले  फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित सिरहा जिल्ला अदालतबाट विभिन्न मुद्वामा कैद तथा जरिवानाको फैसला भई फरार रहेकाहरुको खोजतलाश गर्ने क्रममा भदौ ५ गते शनिबार पक्राउ पर्नेहरुमा चोरी मुद्दामा एक महिना कैद र रु.३०  हजार जरिवाना तोकिएका जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १ बस्ने बर्ष २३ को सन्तोष कुमार कामती , लेनदेन मुद्दामा पाँच  महिना कैद सजाय तोकिएका सिरहा नगरपालिका वडा नं.१६ बस्ने बर्ष ४० को जाकिर मलंग ,लेनदेन मुद्दामा दुई बर्ष कैद सजाय तोकिएका सिरहा नगरपालिका वडा नं.२ बस्ने बर्ष ५५ को रामदेव साह, बहुविवाह मुद्दामा ११ महिना १५ दिन कैद र रु.१० हजार जरिवाना सजाय तोकिएका लहान नगरपालिका वडा नं.१३ बस्ने बर्ष ३१ को शिव शंकर महतो र  लागू औषध मुद्दामा आठ बर्ष कैद र रु.३ लाख १५ हजार जरिवाना तोकिएका जिल्ला सिरहा सखुवानान्कारकट्टी गाउँपालिका वडा नं.४ बस्ने बर्ष २८ को देव कुमार यादव रहेका छन्। पक्राउ परेका फरार अपराधीहरु माथि थप अनुसन्धान भईरहेको  जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता तथा सुचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.