शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाका स्वास्थ्यकर्मीद्धारा लहानमा जुलुस प्रदर्शन
फाल्गुन ११, २०७३ | शुभ नारायण कामति

सिरहा, ११ फाल्गुन ।
निजामति सेवा ऐन कार्यान्वयन तथा पद व्यवस्थापनको माँग राखी आन्दोलनमा रहेका सिरहाका स्वास्थ्यकर्मीले मंगलबार लहानमा विरोध जुलुस प्रदर्शन गरेका छन् । स्वास्थ्य क्षेत्रका ट्रेड युनियनको अगुवाइमा लहान अस्पतालमा विहान ११ बजे देखि धर्नामा बसेका स्वास्थ्यकर्मीहरुले लहान नगरपालिकामा विरोध जुलुस प्रदर्शन गरेका थिए । विरोध जुलुस पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाल स्वास्थ्यकर्मी यूनियन, सिरहाका अध्यक्ष राम सेवक रायले स्वास्थ्यकर्मीको पद व्यवस्थापन सम्बन्धमा आफुहरुले दिएको सुझावको ठीक विपरीत सरकारले स्वास्थ्यकर्मीहरु कार्यरत रहेको स्वास्थ्य संस्था भन्दा बाहिर पद व्यवस्थापनको निर्णय गरेर स्वास्थ्यकर्मीहरुलाई अधिकारविहिन बनाउने कार्य गरेकोले आफुहरु बाध्यतावश आन्दोलित भएको बताए । उनले भने, सरकारले गरेको निर्णय नसच्याए फाल्गुण २९ पछि जिल्लाभरिका स्वास्थ्य संस्थामा अकस्मिक सेवा बाहेक ओ.पि.डी. सेवा, खोप, गाँउघर क्लिनिक, मासिक स्टाप बैठक, तालिम, गोष्ठी लगायतका कार्यक्रम बन्द गर्ने दाबी समेत गरेका छन् । आन्दोलित स्वास्थ्यकर्मीहरुले हाल कार्यरत रहेकै स्वास्थ्य संस्थामा पुल दरबन्दी सृजना गरी माथिल्लो तहको जिम्मेवारी तथा कार्यविवरण सहित पद व्यवस्थापन तथा निश्चित समय अवधि भित्र ऐन संशोधन गरी स्थायी दरबन्दीमा फर्काउने समेत सरकारसँग माँग गरेका छन् । आज बुधबार देखि जिल्ला स्वास्थ्य कार्यालय सिरहा अगाडी धर्नामा बस्ने स्वास्थ्यकर्मीहरुको कार्यक्रम रहेको छ ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.