शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
डाक्टरको लापरवाहीले दुई दिने नवजात शिशुको मृत्यु
भाद्र २२, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ भदौ २२ - 
लहान स्थित जिनिस अस्पताल प्रालिमा डाक्टरको लापरवाहीले एक नवजात शिशुको ज्यान गएको छ । डाक्टरको लापरवाहीले सिरहाको लहान नगरपालिका –५  खुट्टीपारि बस्ने आजाद अलिको दुई दिने छोराकोे ज्यान गएको हो । डाक्टरले बच्चाको स्वास्थ्य उपचारमा ध्यान नदिँदा ज्यान गएको परिवारजनले आरोप लगाएका छन्।आजाद अलिको श्रीमतीले आइतबार मिति २०७८ भदौ २० गते विहान ५ बजे सामान्य रुपमा शिशुलाई घरमै जन्म दिएकीथिन। आजादका भाई सह्जादका अनुसार बच्चा जन्मेपछि अवस्था सामान्य थियो । तर बच्चालाई कुनै -कुनै बेला स्वास फेर्न समस्या भइरहेको हामीलाई महसुस भएपछी बच्चालाई जिनिस अस्पतालमा लिएर आयौ। डा.विजेन्द्र यादवले बच्चा समान्य रहेको चिन्दा नगर्नुस भन्दै उपचारमा लाग्नु भयो। त्यसपश्चात केहि घण्टा पछि  दिनको करिब १२ बजे बच्चालाई आईसियुमा राख्नु पर्ने सल्लाह दिदै उपचारमा ५० देखि ६० हजार सम्म लाग्ने भन्दै २० हजार पेश्की स्वरूप लिएर बच्चालाई आईसियुमा राखी उपचार गर्न थाल्नु भयो। र ३ घण्टा पछि बच्चा स्वस्थ रहेको जानकारी गराए। 

रात भरि म पनि बाहिर नै थिए, त्यस पश्चात सोमबार दिनको करिब १ बजे डा.यादवले मलाई माथि बोलाउनु भयो " र बच्चालाई बाहिर लैजानु पर्ने बताउदा म झसंग भए" डाक्टरलाई प्रशन गरे ? तपाई नै भन्नु भएको थियो कि बच्चा सकुशल छ" अहिले फेरी अचानक के भयो ? म बच्चालाई हेर्न चाहन्छु , बच्चालाई हेर्दा र छुँदा पेट पुराई टाईट भैसकेको थियो र बच्चाको शरीरले कुनै चाल देखाइरहेको थिएन। त्यसपश्चात मैले डाक्टरलाई पुनः सोधे बच्चाले कुनै अभियास गरिरहेको छैन ,डाक्टरको जवाफ आयो ह्रदयको गति चलिरहेको छ ,चाडै बिराटनगर वा जनकपुर लिएर जानुस ,त्यसपश्चात मैले एम्बुलेन्स बोलाएर १ घण्टा ३० मिनेट पछि प्रादेशीक अस्पताल जनकपुरधाम पुग्दा त्यहाका डाक्टरले बच्चाको ३ घण्टा पहिलानै मृत्यु भईसकेको जानकारी गरायो। 

प्रादेशिक अस्पताल बाट लहानको जिनिस अस्पताल आउदा डा.विजेन्द्र यादव फरार भइसकेका रहेछन। सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउनु भएन। डा. यादवकै लापर्वाहिले गर्दा मेरो भातिजोको ज्यान गएको आरोप लगाउदै डा.यादव माथि कडा भन्दा कडा कारवाही हुनुपर्ने माग गरेका छन्। लहानमै ज्यान गुमाई सकेका बच्चालाई रेफर गरि आफु पन्छिन खोजेको भन्दै पीडितका आफन्त तथा स्थानियहरुले आक्रोशित हुँदै अस्पतालमा समान्य तोडफोड गरेका छन्। यसबारे डा.यादव संग बुझ्न खोज्दा सम्पर्क हुन् सकेन। यस बारेमा ईलाका प्रहरी कार्यलय लहानका डिएसपी डा.तपन दहाल संग भुझ्दा पीडितले कुनै लिखित जाहिरी नदिएको जानकारी गराएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.