शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कुस्ती खिलाडी यादवले लाखौ रकम ठगी गरेको पिडितहरुको आरोप
भाद्र २७, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ भदौ २७ - 
सिरहा कल्याणपुर नगरपालिका - ६ बेलहा पुरानो घर भएका हाल लहान ४ मा वसोवास गर्ने कुस्ती खिलाडी राम शंकर यादवले लाखौ रकम ठगी गरेको पिडितहरु लहान–२४ की ७० वर्षिय टुनटुन देवी साह हलुवाई,लहान–१० की मैनादेवी राम,लहान–२३ का अमिरका गिरी नर्घो सप्तरीकी ललिता देवी साह, लहान –१९ का मो नाजिर राइनले पत्रकार सम्मेलन गरी आरोप लगाएका छन्। पिडितहरु रकम असूलीको लागि प्रहरी प्रशासनले यादवलाई नियणत्रणमा लिई कारवाही गर्नुपर्ने माग समेत गरेका छन् ।

टुनटुन देवीले विधवा वृद्ध भत्ता सहित जम्मा गरेको दुइ लाख पाँच हजार पटक –पटक गरी ट्याक्टर निकाली दिइने आश्वासनमा यादवले पैसा लिएर  ठगी गरेको रुदै पीडा पोख्नुभयो । छोरा राजलाल यादवसँग चिनजान भएपछि घरायसी सम्बन्ध बनाएर सुरुमा आफ्नो छोराभन्दा पनि बढी माया देखाएर सो रकम लिएर ट्याक्टर निकाली दिने कुरा त पर जाओस मैले पैसा नलिएको भनेपछि चारैतिर हारगुहारमा लागेको भन्दै ठगी गर्ने यादव बाट रकम असुली गराइ दिन पत्रकारहरुलाई गुहारेको बताउनुभयो।

त्यस्तै ललिता देवी साहले छोरीको खुट्टा भाँचिएपछि नातेदार राजलाल साहसँग मेरो घरमै पुगेर दुई पटक चालिस र साठी हजार रकम लिएर D X N  कम्पनिको औषधी दिएर ठगी गरेको उनले सुनाइन। उहाँको अनुसार छोरीको भाँचेको खुट्टानिको नभएपछि दुई लाख पचास हजार खर्चेर धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएपछि मात्र निको भयो । मसँग ठगी गरेको रकम असुल उपरको लागि पहल गरिदिन सरोकारवाला निकायहरुसँग उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै लहान–१० की मैनादेवी आसु झार्दै आफूपनि राम शंकर यादवबाट ठगीमा परेको पीडा सुनाउदै भन्नुभयो, जग्गा विवादमा एक जनाले तेह्रलाख रकम बेइमानी गरी सकेको अवस्थामा चारैतिर न्यायको लागि भौतारी रहेको वेला राम शंकर यादले चार लाख खर्च गरेपछि पैसा असुल गरी दिइने विश्वास दिलँउदै एकलाख विस हजार रकम ठगी गरि झन् पिडित बनाएको गुनासो पोखिन। वेइमानी भएको रकम पनि असुल उपर भएन" एकलाख विस हजार पनि यादवले ठगी सक्यो ।

यता लहान २३ का अमिरका गिरीको पीडा पनि कम छैन " उहाँको पत्नी उर्मिला देवी गिरीलाई भरतपुर क्यानर अस्पतालले क्यान्सर भैसकेको भनेपछि राम शंकर यादवले म निको गरी दिने भन्दै राम शंकरले दुईलाख साठी हजार रकम ठगि गरेको आरोप लगाएका छन् । १९ दिनसम्म राम शंकर कै घरमा बसेर उपचार गराउदा मात्र D X N  कम्पनिको औषधी दिएर दुइलाख साठी हजारठगि गरेको बताए। उनका अनुसार विरामीमा कुनै सुधार भएको छैन । विरामी पनि निको भएन । ऋण लिएर बुझाएको रकमको ब्याजले उठिबासको अवस्था बनाइ दिएको गिरीले दुखेसो पोखे।

त्यस्तै लहान–१९ का मोहम्मद नाजिरले कारोना सङक्रमण बढेको वेला ज्वरोले सिकिस्त भएको राम शंकारलाई जोखिम उठाएर बाहिरबाट औषधी समेत ल्याई उपचार गरेको ३८ हजार रकम नदिएको भन्दै रकम असुलीको लागि प्रहरी प्रशासनले पहल गरि दिने भनि उद्येश्यले पत्रकार सम्मेलन गर्नु परेको पीडा पोख्नुभयो।

यस विषयहरुमा राम शंकर यादवसँग जिज्ञासा राख्दा उहाँले कसैसँग ठगी नगरी D X N  कम्पनिको औषधी कम्पनीले तोकिएको रकम अनुसारनै रकम लिएकोले कुनै ठगी नगरेको बताएका छन्। यादवका अनुसार म नेपालि कांग्रेसमा आवध रहेको हुनाले म संग राजनीतिक प्रतिशोध साधन यस्तो गरेको भन्दै सबै आरोपहरु झुटा रहेको दाबि गरेका छन्। यादव दस वर्ष सशस्त्र प्रहरीमा काम गरिसकेको कुस्ती खेलाडी हुन् । पीडितहरुले पोखेको पीडा र यादवको दाबिमा कत्तिको सत्यता छन। त्यसका लागि प्रहरीको अनुसन्धान हुनु पर्ने देखिन्छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.