शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
संगिताको सम्झनामा आउदो २२ गते नि:शुल्क आँखा शिवर हुँदै
आश्वीन ८, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असोज ८ - 
नेपाली कांग्रेसका नेता तथा समाजसेवी महेश चौधरीले स्वर्गीय श्रीमति संगिता कर्माचार्य प्रतिष्ठानद्वारा समाजसेवाको कार्यलाई अगाडी बढाउने क्रममा हरेक महिना गरिब, दलित, एकल महिला, असहाय, अपाङ्ग, तथा गर्भवति महिलाहरुलाई राहत वितरण गर्ने कार्यक्रम अन्तर्गत असोज २२ गते स्व. संगीता कर्माचार्यको सम्झनामा लहान नगरपालिकाको अति विकट ठाउँ जहां मोटर गाड़ी पनि जान नसक्ने वडा नं-१५ र १६ का बेतहा खोला,भसुवा खोला,देराऊली,डुम्रे र बर्दमारका गरीब, बिपन्न,असहाय तथा एकल महिलाहरुलाई नि:शुल्क आँखा जाँच गराई मोतियाबिन्दु भएका विरामीला नि:शुल्क अप्रेशन गराई दिने स्व.संगीता कर्माचार्य स्मृति प्रतिष्ठानका समाजसेवी चौधरीले जनाएका छन्। चौधरीले उक्त नि:शुल्क आँखा शिविरमा सहभागी भई त्यस क्षेत्रका वासिन्दाहरुलाई यहि मिति २०७८ साल असोज २२ गते शुक्रबार आधारभूत विधालय बर्दमार लहान-१६ मा विहान १० बजे उपस्थित भई स्वास्थ्य लाभ लिन हुन् अनुरोध समेत गरेका छन्।

गतवर्ष कोरोना कहरको पहिलो चरणदेखि नै ०७७ चैत २९ गतेबाट नेता चौधरी र पत्नी संगिता कर्माचार्यले वस्ती वस्तीमा गएर पीडितहरुलाई राहत वितरण सुरु गरेको थियो । चार हजार भन्दा बढी परिवारलाई छाक टार्न उनीहरुले चामल, दाल, तेल, नुन, र तरकारी सहयोग गरेका थिए । कोरोनाको दोस्रो लहरको क्रममा ०७८ बैशाख २८ गते आमाको मुख हेर्नेदिन २१ जना एक महिला तथा विपन्नहरुलाई साडी वितरण गरेको थियो । त्यो कार्यक्रम नै संगिताको लागि अन्तिम हुन् पुग्यो। गत जेष्ठ २२ गते संगिताको कोरोना संक्रमणबाटै मृत्यु भयो । संगिताले सुरु गरेको समाजसेवालाई छोरा र आफुले सधैँ प्रतिष्ठान मार्फत निरन्तरता दिने चौधरीले जानकारी गराए । संगिता कर्माचार्य नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघको केन्द्रिय सदस्य थिए।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.