शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रेडियो सरगम सफलता पुर्वक आजदेखि छैठो बर्षमा प्रवेश
आश्वीन १०, २०७८ | फिरोज शेख

रमिता नेपाल / लाल बिहारी यादव २०७८ असोज १० -
रेडियो सरगम ९३ मेगाहर्ज सफलता पुर्वक आजदेखि पाँचौ वसन्त पार गरि छैठो बर्षमा प्रवेश गरेका छन्।  नेपाली श्रोता माझ सयौं रेडियोहरु रहेकै बेला २०७३ साल असोज १० गते बाट आफ्नो नियमित प्रसारणको शुरुवात संगै शेख मिडिया हाउस प्रालि द्वारा संचालित रेडियो सरगम ९३ मेगाहर्ज घन्कीन थालेको हो । "हरेक मनको आवाज" सुचना, संगीत र मनोरन्जनकाका लागि हरपल तपाईको साथ्" भन्ने मुल मर्मका साथ सुरु भएको यस रेडियोले छोटो अवधिमै विश्वभरीका नेपालीहरुको मन जितन सफल भएको छ। रेडियो सरगमले पहिलो बर्ष संविधान कार्यान्वयन, दोस्रो बर्ष स्थानीय तहमा निर्वाचनको वातावरण बनाउनमा आफुलाई केन्द्रीत गर्यो भने तेस्रो बर्ष समृद्धिका लागि खवरदारी गर्दै  कृषी, चौथो वर्षमा शिक्षा, स्वास्थ्य, पयर्टनलगायत विकासका मुल आधारहरुलाई प्राथमिकता दिदै चौथो वर्षमा नयाँ बनेका कानुन र दैनिक जीवनमा जोडिएका अन्य नयाँ नयाँ विषयहरुमा आम नागरिकलाई साक्षर बनाउनु पर्ने कुरामा केन्द्रित गर्दै पाँचौ वर्षमा महिला शशक्तिकरण ,मनोसामाजिक समस्या ,महिला प्रजनन समस्या न्यूनीकरण, कानुनी साक्षरता, वित्तिय साक्षरता, सूचनाप्रविधि साक्षरता, स्वास्थ्य साक्षरता, सडक साक्षरता आदी दर्जनौ क्षेत्रमा रहेको साक्षरताको अभाव मेट्ने प्रयास नेपाली रेडियो नेटवर्क , ओरेक नेपाल , दलित जनकल्याण युवा क्लव , पिएसआई नेपाल , आसमान नेपाल ,मुक्ति नेपाल लगायत विभिन्न संघ -संस्था ,स्थानीय तह संग सहकार्य गरि गरिरहेको छ। स्थानीय, प्रदेश र संघीय निर्वाचनका बेला अत्याधिक लोकप्रिय भएको विषेश प्रस्तुती निर्वाचनमा नजर र न्युज बिट त्यस्तै कोरोना महामारीका बेला अत्याधिक लोकप्रिय भएको विषेश प्रस्तुती जनताको आवाज र समसामयिक बहस जस्तै आगामी दिनमा कानुनी, वित्तिय, सूचनाप्रविधि, स्वास्थ्य, सडक लगायत दर्जनौ क्षेत्रमा रहेको साक्षरताको अभाव मेट्ने प्रयासमा रेडियो सरगमले साक्षरता कार्यक्रमहरु पनि गर्ने योजना बनाएको अध्यक्ष फिरोज शेखले बताउनुभयो ।

पत्रकार ऋषि धमलाले संचालन गर्दै आउनु भएको नेपालका रेडियो कार्यक्रमहरु मध्ये देश विदेशमा सर्वाधिक लोकप्रिय नेपाली बहस र हरेक नेपालीको साझा प्रश्न बनेको जनता जान्न चाहन्छन ? प्रदेश २ को रेडियोहरु मध्ये सब भन्दा पहिला रेडियो सरगम ९३ मेगाहर्ज बाट गुञ्जिन सुरु गरेको सबैमा अवगतै छ। हामीले हरेक प्रस्तुतीलाई जनताको नजरबाट हेर्ने गरेका छौँ भने सकारात्मक र रचनात्मक विषयबस्तु हाम्रो प्राथमिकतामा पर्ने गरेका छन् । धेरैले ध्यान दिनु पर्ने वा सिक्नु पर्ने तर वेवास्ता गरिएको विषयलाई खास खबरको रुपमा हरेक दिन पहिलो खवर बनाउने गरेका छौँ । समाचारलाई सन्तुलीत गर्न हरेक समाचारमा अर्को पक्षको प्रतिक्रिया समेट्ने हाम्रो आधारभूत समाचार शैली नै हो । कुनै दलिय झुकाब नदेखियोस् भन्ने तर्फ हामी अत्यन्त सतर्क छौँ । व्यवसायीकता र निश्पक्षताबाट हामी विचलित भएनौ र आगामी दिनमा पनि हुनेछैनौ । अझ शसक्त, जिम्मेबार र निश्पक्ष प्रस्तुतीमा खरो उत्रिने प्रतिबद्धता सहित सवै श्रोता र सहयोगीहरुको साथ र सहयोगको अपेक्षा गर्दै  स्रोताहरुले रेडियो सुन्नुपर्ने खालका लोकप्रिय, ज्ञानबर्द्धक, बौद्धिक कार्यक्रम, सन्तुलित र तथ्यपरक समाचार, सकरात्मक सोच सहितको गीत संगित तथा मनोरञ्जनका कार्यक्रमहरु अझ बढी थपिदै लैजाने योजना रहेको रेडियोका संस्थापक अध्यक्ष फिरोज शेखले बताउनु भयो।

उहाँले पाँचौ वार्षिक उत्सवको अवसरमा आफ्ना सदस्य, बिज्ञापन दाता, देश तथा विदेशमा रहनु भएका स्रोता , कर्मचारी, सहयोगीहातहरु , विभिन्न संघसंस्थाहरु, ,राजनीतिकदल,समाजसेवी , बुद्धिजीवी , संचारकर्मी , अधिकारकर्मी,सल्लाहकार संगै सम्पूर्ण शुभचिन्तकहरुमा कृतज्ञता व्यक्त गर्दै " छोटो समयमा रेडियो सरगम ९३ मेगर्जले आफ्नो गुणस्तरीयता, निष्पक्षता, बोल्ने शैली, सुचना तथा मनोरंजनमा सिरहा, सप्तरी, धनुषा, उदयपुर, सिन्धुली, खोटाङ्ग, भारत बिहार लगायत अनलाइन प्रबिधि मार्फत देश तथा विदेशमा रहनु भएका स्रोताहरुको मन जितन सफल भएको र आगामी दिनहरुमा पनि अझ उत्कृष्ट कार्य गर्दै समाज परिवर्तनमा अतुल्य योगदान पु¥याउने अध्यक्ष शेखले प्रतिवध्ता जनाउनु भएको छ। रेडियो सरगमले विहान ४ः३० बजे देखि राति ११ बजे सम्म दैनिक प्रसारण दिदै आइरहेको यस क्षेत्रको एक मात्र रेडियो स्टेशन हो। यस रेडियोको प्रशारण क्षमता ५०० वाट रहेको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.