शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नयाँ बजार कुटपिट प्रकरण : पक्राउ गरिएकाहरुलाई रिहा गर्न
आश्वीन १५, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असोज १५ -
गत मंगलवार असोज १२ गते मङगलबार नयाँ बजार निर्माणका लागि जीर्ण भवन भत्काउने क्रममा भएको झडपका विषयलाई लिएर ईलाका प्रहरी कार्यलय लहानले निर्दोष व्यक्तिहरु राजनीतिक दवाबमा परि झुटो मुद्दा चलाई धड्पकड़ तथा पक्राउ गरेको भन्दै लहान नगरपालिका  र नेपाल कम्युनिष्ट पार्टी ( एमाले )बिना शर्त रिहा गर्न मांग गरेका छन्। शुक्रबार लहान नगरपालिका र नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) ले छुट्टा छुटै प्रेस विज्ञप्ति तथा पत्रकार सम्मेलन गरि यस्तो मांग गरेका छन्। 

नगरपालिकाको विज्ञप्तिमा उल्लेख भए अनुसार मंगलवार विहान ८ बजे नगरप्रमुख द्वारा अस्थायी टहरा निर्माण कार्यको शुभारम्भ कार्यक्रममा इलाका प्रहरी कार्यलय लहानका डिएसपी डा.तपन दाहाल र सशत्र प्रहरी बलका डिएसपी सुशील कुमार श्रेष्ठको उपस्तिथिमै सहमति अनुसार १० वटा गिलेशन पसल खालि तथा हटाउन खोज्दा सरोकार नै नभएका केहि व्यक्तिहरुले जीर्ण भवन भत्काउने क्रममा नगर प्रहरी र सरसाफाईकर्मी माथि केहि अराजक तत्वहरु लट्ठी प्रहार ,ढुंगामुडा र हातपात संगै अवरोध गरिरहदा प्रहरी मौन बसी अराजक व्यक्तिहरुको मनोबल बढाएको र त्यस लगतै केहि राजनीतिक दलहरुको सत्ताको दबाब र प्रभावमा लहान–५ का युवा व्यापारी र कर्मचारी समेतगरी ६ जनालाई इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरी चलाएको झुठा मुद्दा खारेज गरी अबिलम्ब रिहाइको लागि लहान नगरपालिकाले माग गरेको छ ।

नयाँ बजार निर्माणका लागि प्रहरी प्रशासन र चार दल बीच मिति २०७८ श्रावन ३१ गते आइतबारका दिन बजार निर्माणका लागि भएको सहमति अनुसार नै मंगलबार असोज १२ गते विहान ८ बजेको समयमा अस्थायी टहरा निर्माण र पुरानो जीर्ण भवन भत्काउने कार्य अघि बढाँउदा सरोकार नै नभएको लहान–५ की गुडिया खातुन र लहान–७ का रामऔतार शर्माले भवन किन खाली गर्ने भन्दै व्यापारीहरुलाई उक्साई नगरप्रहरीमाथि ढुङगा इटा प्रहार गराउन खोज्ने क्रममा नगरप्रहरीले दुबैजनालाई नियणत्रणमा लिने क्रममा चोटपटक लागेको लहान  नगरपालिका प्रवक्ता राज कुमार साहले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

 मंगलबार रातीदेखि अहिलेसम्म लहान–५ का व्यापारी क्रमशः सन्जय साह (जसको पसल समेत भत्काएको थियो), अस्थायी निर्माण समितिका अध्यक्ष तथा राष्ट्रिय युवा संघ नेपालका सदस्य इसराइल सिद्दिकी, सन्तोष पण्डित, राजा मेस्तर (नगरपालिका कर्मचारी), लक्ष्मी पासवान जितमहान मेला उत्सव समितिका अध्यक्ष र दोस मोहम्मद गरी ६ जनालाई पक्राउ गरी विभिन्न मुद्दा लगाउने र धड्पकड़ जारी रहेको हुँदा प्रहरी प्रशासनको यस कार्यको घोर भत्र्सना र निन्दा गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।  

भवन भत्काउने समयमा डिएसपी डा. तपन दाहाल र सुशील कुमार श्रेष्ठको समेत उपस्थित हुँदा हुँदै झडप हुने समयमा मुखदर्शक हुनु पछि केहि राजनीतिक दलको दबाब र प्रभावमा नयाँ बजार निर्माण नहोस भने उद्येश्यले प्रेरित भई पक्राउ गरी झुठा मुद्दा लाउनुले प्रहरी प्रशासनको नीयतमा खोट रहेको नगरप्रवक्ता साहको आरोप छ। नयाँ बजारलाई व्यवस्थित र आधुनिकीकरणका लागि १४० वटा भवन, भुइमा पेभिङग, थोक आधुनिक कृषिभवन, खानेपनी, शौचालय र २४ घण्टा नै विजुली रहने गरि निर्माण भइरहेको आधुनिक बाजार निर्माण कार्यलाई अवरुद्ध नगरी निर्माण कार्यलाई अघि बढाउन प्रवक्ता साहले सबैसँग आग्रह पनि गरेका छन्।

प्रवक्ता साहका अनुसार भवन निर्माणका लागि पटक पटक वाधा अबरोध खडा हुँदा शान्ति सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालय सिरहा, जिल्ला प्रशासन कार्यालयमा लहान नगरपालिकाले पत्राचार गरेको थियो । गएको श्रावण ११ र ३१ गतेबसेको प्रहरी प्रशासन र चार दलीय बैठकबाट नयाँ बजार निकर्माणको लागि सहमति भएपछि सहमति अनुसार कार्य अघि बढाँउदा पनि समस्या सृजना हुनुले विकास निर्माणको कार्यमा बाधा खाडा गर्ने नियत प्रष्ट भएको उनले दाबि गरेका छन्।

यसै बीच नेकपा एमाले लहान नगरकमिटि र सिरहा–१ क्षेत्रीय कमिटिका क्रमशः चन्द्र नारायण चौधरी र विष्णुलाल साहद्वारा हस्ताक्षरित जारी गरिएको प्रेस विज्ञप्तिमा प्रहरी प्रशासनको आडमा घट्नामा संलग्न नै नरहेका एमाले समर्थक युवा व्यापारी र नगरपालिकाको कर्मचारीलाई पक्राउ गरी चलाएको मुद्दा फिर्ता लिई पक्राउ परेका ६ जनालाई रिहाइ गर्न माग गरिएको छ। 

यता इलाका प्रहरी कार्यालय लहानका डिएसपी दाहालका अनुसार भवन तत्काल नभत्काई प्रहरीले नै भत्काउने भनेपनि नगरपालिकाले नमानी भत्काउन थाल्दा लट्ठी लिएर आएका नगरप्रहरी वाहेकका व्यक्तिहरुले आक्रमण गरी घाइते बनाएकोले भिडियो प्रमाणको रुपमा रहेकोले मुद्दा चलाइएको दाबि गरेका छन् । यसै बीच मंगलबार भएको घट्नाको  घोर भत्र्सना र निन्दा गर्दै घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनामा संलग्नहरुमाथि कानुनी कार्वाही गर्न नेपाली काँग्रस लहान नगर सभापति सुनिल कुमार महतो र नेकपा एकिकृत समाजवादी लहानका अध्यक्ष विनोद कुमार साहद्वारा हस्ताक्षरित विज्ञप्तीमा मांग गरिएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.