शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा स्व :नारायण खड्का स्मृति कप क्रिकेट प्रतियोगिता शुरु
आश्वीन २१, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ असोज २१ -
सिरहाको लहानमा राष्टिय क्रिकेट टिमका स्कोरर तथा क्रिकेट खिलाडी स्व :नारायण खड्काको सम्झनामा लहान क्रिकेट क्लवले स्व :नारायण खड्का स्मृति कप क्रिकेट प्रतियोगिता शुरु गरेका छन्। प्रतियोगिताको उद्घाटन स्व :नारायण खड्का ममतामयी आमाको हात बाट गरिएको छ। लहान क्रिकेट क्लवका अध्यक्ष राकेश अधिकारीको अध्यक्षता तथा लहान ८ का वडा अध्यक्ष विजय कुमार महतो, सुनचांदी व्यवसाय लहानका अध्यक्ष श्याम साह भोरे भोर,रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा खिलाडीहरुको उपस्तिथिमा भएको उद्घाटन समारोहको पहिलो खेलमा आयोजक लहान क्रिकेट क्लवले विजय शुरुवात गरेका छन्। 

प्रतियोगिता अन्तर्गत भएको पहिलो खेलमा लहानले धनुषालाई ३ विकेटले हराउदै विजय शुरुवात गरेका छन्। टस जितेर पहिला ब्याटिंग गरेको धनुषाले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १०६ रन बनाएको थियो। धनुषाका लागि कुनाइन राइन २१रन ,अकबर अलि १८ रन,मनोज यादव र रंजित यादवले सम्मान १०/१० रन बनाएका थिए। भने लहानका लागि कसिलो बलिङ्ग गर्दै कुश मण्डल ४ ओभरमा २५ रन खर्चेर २ विकेट ,रुपेश सिंह ४ ओभर २७ रन खर्चेर ३ विकेट ,तपेश्वर मुखिया ४ ओभरमा १५ रन खर्चेर २ विकेट र पप्पु साहले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिन सफल भएका थिए। 

लहान क्रिकेट क्लव १०७ रनको विजय लक्ष्य सहित ब्याटिंग गर्ने क्रममा १९ ओभर ३ बल खेल्दै क्याप्टन राकेश कामैतको २४ रन ,कृष्णा गुप्ताको २३ रन ,पप्पु साहको २० रन र ओमकार यादवको १४ रनको मद्दतले ७ विकेटको क्षतिमा १०७ रन बनाउदै विजय सुरुवात गरेका छन्। प्रतियोगितामा आयोजक लहान संगै धनुषा ,महोतरी र सप्तरीका क्रिकेट टिम सहभागी छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.