शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पत्रकार रमानन्द गुप्ताको दाहसंस्कार गरियो
कार्तिक ७, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ कार्तिक ७ - 
उच्च रक्तचापका कारण मष्तिस्कघात भएर उपचारको क्रममा निधन भएका नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रमानन्द प्रसाद गुप्ताको शनिबार  लहान स्थित खुट्टी खोलामा दाहसंस्कार गरिएको छ । उनको पार्थिव शरीरमा नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता र सप्तरी सभापति श्रवण देवसहित संचारकर्मीले संयुक्त रुपमा पत्रकार महासंघको झन्डा ओढाएर सम्मान दिएका थिए । भने  प्रेस चौतारी नेपालीले समेत झन्डा ओढाएर सम्मान व्यक्त गरेको थियो । ५८ वर्षीय गुप्ताको उच्च रक्तचापका कारण मष्तिस्कघात भएर उपचारको क्रममा निधन भएको थियो । उनको गत बुधबार मष्तिस्कघात भएपछि न्युरो अस्पताल बिराटनगरमा उपचार हुँदै थियो ।


२०४६ सालदेखि छापा, रेडियो, टेलिभिजन पत्रकारितामा सक्रिय रहँदै पत्रकार गुप्ता नेपाल पत्रकार महासंघ र प्रेस युनियन सिरहा शाखाको संस्थापक सदस्य समेत थिए । उनी नेपाल पत्रकार महासंघ सिरहा शाखाको एक कार्यकाल सभापति भएका थिए ।  गत असोज ६ मा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रेस काउन्सील क्रियाशिल पत्रकारिता पुरस्कार समेत पाएका थिए  । वरिष्ठ पत्रकार गुप्ता उपभोक्ता हकहित हित संरक्षण मञ्चको जिल्ला अध्यक्ष र अख्तियार दुरुपयोग अनुसंधान आयोगको अन्तर्गत नागरिक निगरानी संस्थाका सचिव समेत हुनु हुनथ्यो। लामो समयदेखि पत्रकारीतामा सक्रिय गुप्ताको एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पत्रकार गुप्ताको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.