शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेकपा एमालेको लहान नगर अधिवेशन आज हुदै
कार्तिक ७, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ कार्तिक ७ - 
लहान नगरपालिका नेकपा एमालेको २४ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ | सम्पन्न वडा अधिवेशनबाट लहान १ मा मनिलाल साह,२ मा अमोला महतो,३ मा राजेश चौधरी, ४ मा शम्भु पण्डित, ५ मा रियासत लिमि,६ मा गणेश पण्डित,७ मा भगवान साह, ८ मा हरिनारायण महतो, ९ मा मोहम्मद नियामुदिन ,१० मा विन्देश्वर पासवान,११ मा जगदिश चौधरी,१२ मा शत्रुधन चौधरी,,१३ मा कपलेश्वर यादव,१४ मा राज कुमार महतो, १५ मा जागेश्वर चौधरी,१६ मा लमलबाबु साह,१७ मा दुर्गा नायक, १८ मा आनन्दलाल साह,१९ मा संजीव यादव, २० मा राजेश चौधरी , २१ मा मनोज साह, २२ मा जितेन्द्र कुमार चौधरी , २३ मा धर्मनाथ यादव र २४ मा राम अशिष महतो वडा कमिटिको अध्यक्षमा चयन भएका छन | आज आइतबार लहान नपाको नगर सभा हलमा नेकपा एमालेको नगर अधिवेशन समेत भइरहेको नगर इन्चार्ज सरियार चौधरीले जानकारी दिएकी छिन |

 नगर अधिवेशनको उद्घाटन प्रदेश -२ को सह-इन्चार्ज लिलानाथ श्रेष्ठले  गर्नु हुने जनाइएको छ | नगर अधिवेशनमा संगठित सदस्य, वडा कमिटिका पदाधिकारी सदस्यहरु सहभागी हुने जनाइएको छ |  यसै बीच हिजो शनिबार लहान -२२ पटहेर्वामा पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न  भएको छ | नेकपा एमालेको नेतृत्वमा मात्रै विकास संभव हुने भएको निष्कर्षमा पुगेर विभिन्न पार्टी परित्याग गरि ५० जना भन्दा बढी अगुवा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेको जनाइएको छ | नव प्रवेशीहरुलाई नेकपा एमाले केस तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादव,राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा सिरहा -१ क प्रदेशसभा सदस्य  लगनलाल चौधरी, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा लहान नगरप्रमुख मुनि साहले अबिर माला लगाई स्वागत गर्नुभएको थियो|

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.