शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
माओवादीमा प्रवेश गरेका अब्दुल आबिद पुनः एमालेमै फर्के
कार्तिक १६, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ कार्तिक १६ - 
लहान नगरपालिका वडा नं-५ का वडा सदस्य मोहम्मद अब्दुल आबिद एमाले परित्याग गरी नेकपा ( माओवादी केन्द्र) मा प्रवेश गरेको २४ घण्टा नबित्दै पुनः नेकपा एमाले पार्टीमा नै फर्किएका छन्। उनलाई लहान ५ का वडा अध्यक्ष सुलेमान मिया अन्सारी लगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए। सोमबार लहान ९ मा आयोजित नेकपा माओवादी केन्द्रको शुभकामना आदान प्रदान तथा पार्टी प्रबेश कार्यक्रमा आपसी विवादका कारण नेकपा एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका थिए। आबिद पार्टी परित्याग गरेको खबर र फोटो सामाजिक संजालमा आएपछि नेकपा एमाले नगर कमिटि तरंगित भएको थियो। आपसी समझदारी पछि वडा सदस्य आबिद पुनः एमालेमा फर्कदा नेताहरुले एक आपसमा खुशियाली मनाउदै मिठाई बाडेका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.