शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पद व्यवस्थापनको माँग गर्दै सिरहाका स्वास्थ्यकर्मी धर्नामा
फाल्गुन १२, २०७३ | सरगम खबर समाचारदाता

परशुराम साह - 
सिरहा, १२ । स्वास्थ्य सेवा ऐनको दफा ९(ख) कार्यान्वयन तथा पद व्यवस्थापनको माँग राखी आन्दोलनका रहेका स्वास्थ्यकर्मीहरु विरोध स्वरुप बुधबार जिल्ला स्वास्थ्य कार्यालयको परिसरमा धर्नामा बसेका छन् । स्वास्थ्य क्षेत्रका संयुक्त ट्रेड युनियनहरुले दिएको सुझावलाई सरकारले व्यवस्ता गरेको भन्दै केही दिन यता स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । स्वास्थ्यकर्मीहरु कार्यरत रहेकै स्वास्थ्य संस्थाहरुमा पुलदरबन्दी सृजनागरी माथिल्लो तहको जिम्मेवारी तथा कार्यविवरण सहित पद व्यवस्थापनका माँग अगाडी सार्दै केही दिन यता सिरहाका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । माँग पुरा नगरे फाल्गुन २९ देखि आकस्मिक सेवा बाहेक ओ.पि.डी. सेवा खोप, गाउँघर क्लिन, मासिक स्टाफ बैठक, तालिम, गोष्ठि लगायतका कार्यक्रमहरु ठप्प गर्ने स्वास्थ्यकर्मीहरुका यूनियनहरुले प्रेस विज्ञप्ती प्रकाशित गरि चेतावनी दिएका छन् ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.