शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
वडा कार्यलयमा लगाइएको ताला खोल्न वडा अध्यक्ष यादवको आग्रह
कार्तिक २९, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ कार्तिक २९ - 
सिरहाको लहान नगरपालिका २४ स्थित वडा कार्यालयको वडाअध्यक्ष बस्ने कोठामा स्थानीयवासीले विकास र पारदर्शिताको माग गर्दै कार्तिक १० गते गरिएको तालाबन्दी खोल्न वडाअध्यक्ष कमलदेव यादवले आग्रह गरेका छन। वडा अध्यक्ष यादवले सोमबार पत्रकार सम्मेलन गरि आन्दोलित पक्षहरुलाई जनताको कामकाजलाई प्रभावित नगरी संवादका माध्यमबाट समस्याको सामाधान खोज्न आग्रह गर्दै वडा कार्यलयमा लगाईएको ताला खोल्न आग्रह गर्नु भएको छ। वडा अध्यक्ष यादवले पत्रकार सम्मेलनमा जै-जस्ता समस्याहरु छन ,आफु संग सम्भव हुने सम्पूर्ण समस्याहरुको समाधान गर्न तयार रहेको हुँदा आन्दोलित पक्षलाई आफु संग संवाद गर्न आग्रह समेत गर्नु भएको छ। 

 जनप्रतिनिधि निर्वाचित भएर आएको चार वर्ष बित्न लाग्दापनि वडामा उल्लेखनिय विकास नभएको भन्दै कार्तिक १० गते बुधबारका दिन उक्त वडाका स्थानीयहरु आन्दोलित हुँदै वडा कार्यलयमा तालाबन्दी गरेका छन। ‘नगरसभाबाट हरेक वर्ष यही वडामा सबै भन्दा बढी बजेट आउने गरेको छ तर, सडक, खानेपानी, स्वास्थ्य, शिक्षा क्षेत्रमा सदुपयोग नभएको भन्दै आन्दोलित पक्षहरुको आरोप छ। वडाअध्यक्षले आफ्नो आसेपासेलाई बजेट कामै नगरी पनि निकासा दिने गरेको आरोप लगाउदै स्थानीय उमेश यादवले भने,‘हामीले पारदर्शिताको लागि वडामा आएको बजेट कहाँ–कहाँ खर्च भएको हो पटक -पटक  माग्दापनि नदिदा बाध्य भएर तालाबन्दी गर्नु परेको बताएका छन। त्यस्तै यही वडामा स्थानीयहरुले सडकको विकास हुनु पर्ने माग गर्दै करिब २ महिना देखि आन्दोलन गरिरहेको छ । खोलाबाट गाउँहुँदै आउने ट्याक्टरलाई गिट्टी, ढुगां, बालुवा लिएर आउन जान रोक लगाएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.