फिरोज शेख लहान २०७८ मङ्सिर १ -
लहानका दलित समुदाय दोस्रो दिन पनि आन्दोलित भएका छन्। विनाकारण ईलाका प्रहरी कार्यलय लहानका डिएसपी डा.तपन दाहालले शत्रुधन साफी सहित उनका परिवारहरु माथि राजनीतिक दबार र प्रलोभनमा केटि पक्षको कुरा सुनी पिडत लाई पीडक र पीडकलाई पिडित बनाएर मुद्दा दर्ता गरेको भन्दै विगत दुई दिन देखि दलित संघर्ष समिति लहानका अध्यक्ष मनोज पासवानको अगुवाइमा आन्दोलित भएका छन्। सिरहाको लहान नगरपालिका वडा नम्बर - ३ रघुनाथपुर बस्ने महेश साफी र पिंकि कामैतको सानै उमेर देखि लामो समय सम्म प्रेम सम्बन्ध थियो । उनिहरु दुवैजना एउटै टोलका थिए । प्रेम सम्बन्धका कारण केटा र केटी दुबैको संयुक्त सहमतिमा २०७८ कार्तिक ४ गते कठमाण्डौको पशुपतिनाथ मन्दिरमा भागी विहेभयो ।कानुन सम्बत बिहे गर्ने उमेर नपुगेको बुझ्दा बुझदै गहिरो प्रेम सम्बन्धका कारण उनिहरु बिहे गरे । केटाको कतार जानका लागि लागि भिसा आईसकेको थियो । केटा कतार जाने भएकोले दुवैको सहमतिमा उनिहरु काठमाडौमा बिहे गरे । बिहे गरेको दुई दिन मै केटा कतारका लागि उडे । केटा हाल सम्म कतार मै छन् । केटी नावालिक छिन् । केटिको उमेर करिव १८ बर्षको मात्र छ । यसैलाई मुख्य कारण बनाई केटीका वुवाआमा , समाज र परिवारका केही सदस्य,राजनितिककर्मीहरु, ईलाका प्रहरी कार्यलय लहानका डिएसपी तपन दाहालले अहिले केटाको परिवारलाई मानसिक र समाजिक रुपले यातना दिईरहेको आन्दोलित दलित समुदायहरुको कथन छ। गैर दलित कामैत थरको केटी संग विहे गरेको कारण अहिले पुरै समाजको मान्छेबाट परिवारले यातना सहनुपरेको केटाको आमा मन्तोरदेवी साफिले बताइन् ।
मेरो ईज्जत् तिमिहरुले बर्वाद गर्यौ , अब तिम्रो सम्पुर्ण परिवारको ईज्जत् हामीले बर्बाद गर्छु भनेर पटक पटक केटीको परिवारबाट धम्की आईरहेको उनले सुनाईन् । राती रातिमा गुण्डाहरु आई ढोका खोल्न भनिरहेको छ , धाक धम्कि दिनुको साथै मेरो देवरको श्रीमति सिमा साफी र माईली बुहारी सबिता साफीलाई मारपिट गरेको उनले सुनाइन् । मारपिटका कारण माईली वुहारी सविता साफिको करिब ३ महिनाको बच्चा खेर गएको छ , ` भने देवरको श्रीमती सिमा साफिलाई बलात्कार र ज्यान मार्ने प्रयास गरेको उनी सुनाइन्।, केटी पक्षधरले उल्टै छोरीको अपहरण र बलात्कारको मुद्दा ईलाका प्रहरी कार्यालय लहानमा दर्ता गराएको छ । प्रहरीले अनुसन्धान नै नगरी विभिन्न नेताको दवावमा मुद्दा दर्ता गरिसकेको छ ,भने प्रहरीले आफ्नो श्रीमान् शत्रुधन साफिलाई पक्राउ गरि थुनामा राखेको दुखेसो पोखिन।
यस घटनाको घोर भर्त्सना गर्दै लहानका दलित समुदाय आन्दोलित भएका छन्। यस घटनामा इलाका प्रहरी कार्यलय लहानका डिएसपी डा. तपन दाहालले पिडितलाई पीडक र पीडकलाई पिडित बनाएर झुटा मुद्दा दर्ता गरेको भन्दै लहानका दलित समुदाय आन्दोलित भएका हुन्। दलित समुदायले हिजो साँझ दोस्रो दिन पनि लहानको शहिद चौकमा अध्यक्ष मनोज पासवान , समितिका वरिष्ठ सल्लाहकार राम गणेश दास , महिला समाजसेवी लालिता दास लगायतले डिएसपी डा. तपन दाहाल विरुद्ध चर्को नाराबाजी गर्दै बिरोध प्रदर्शन गरेका छन्। आन्दोलित दलित समुदायले शरीर बन्धक तथा जबरजस्ती करनी जस्ता झुटा मुद्दामा पक्राउ परेका शत्रुधन साफि लाई तुरुन्त रिहा र घरपरिवार माथि लगाइएको सम्पूर्ण मुद्दा तुरुन्त खारिज नगरीए देशै भरिको दलित समुदायलाई लहानमा उतार्ने चेतवानी समेत दिएका छन्।