शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मूल्याङकनकर्ता चौरासियालाई रिहा गर्न माग गर्दै लहानमा धर्ना
मंसिर ५, २०७८ | फिरोज शेख

फिरोज शेख लहान २०७८ मंसिर ५ -
कुमारी बैंकको १९ करोड ऋण प्रकरणमा मूल्याकनकर्ता पक्राउ परेपछि नेपाल भ्यालुयर्स एसोसिएशन मूल्याकनको काम बन्द गरेर आन्दोलनमा उत्रिएको छ । गायक योगेश्वर अमात्यको जग्गा धितो राखेर कुमारी बैंकबाट गएको ऋण प्रकरणमा इन्जिनियर राजेश कुमार चौरासियालाई प्रहरीले पक्राउ गरेपछि सिरहा सहित देशै भरिका एसोसिएशनले मूल्याकनकर्ताको काम बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्।

बारा जिल्ला कलैया उपमहानगरपालिकामा रहेको १०६९ कित्ता नम्बरको १२ रोपनी १ आना पैसा विल्वा भूमी वन प्रालिको जग्गा मूल्याकनकर्ता डाइनामिक कन्सल्टेन्सी एण्ड कन्सट्रक्सन सर्भिसेजका राजेश कुमार चौरासियालाई तत्काल रिहा गर्न माग गर्दै नेपाल भ्यालुयर्स एसोसिएशन सिरहाका इन्जिनियरहरु आन्दोलित हुँदै आइतबार लहान स्थित कुमारी बैंक लिमिटेड अगाडी विहा ११ बजे देखि १२ बजे सम्म एक घण्टा विरोध तथा धर्ना कार्यक्रम गरेका छन्। चौरासियाले बैंकबाट प्राप्त जग्गा धनी प्रमाण पुर्जा, राजीनामा पेपर, कलैया उपमहानगरपालिकाबाट भएको घर/बाटो प्रमाणीत, चार किल्ला प्रमाणीत, सम्पत्ति कर तिरेको रसीद, बैंक पत्रबाट पाप्त सर्भे नक्साको आधारमा भ्यालुयसन रिपोर्ट तयार पारेको आन्दोलित इन्जिनियरहरु कथन छ। एसोसिएशनले चौरासियालाई निशर्त रिहाई नगरेसम्म आन्दोलनका कार्यक्रम कायमै राख्ने जनाएको छ ।

विरोध प्रदर्शका क्रममा एसोसिएशनका अध्यक्ष ऋषि कोइराला द्वारा हस्ताक्षरित पत्रमा उल्लेख भए अनुसार चौरासियाको कुनै कमजोरी नभएकाले तत्काल रिहाई गर्न माग गरिएको छ। बैंकमा रहेका माफियाहरुले गरेको गलत कामका कारण चौरसिया पक्राउ परेको भन्दै बिना शर्त रिहा गर्न माग गरिएको छ।

लहानमा गरिएको विरोध कार्यक्रममा सहभागी भएका नेपाल भ्यालुयर्स एसोसिएशन जनकपुरधाम च्याप्टरका उपाध्यक्ष रंजित नायकका अनुसार ‘लोन लिने एउटा, लोन दिने एउटा’ यसमा इन्जिनियरको केही भूमिका छैन । हामी इन्सायेरेन्स कम्पनी होइनौं हामीले केही गल्ती नै नगरी कारबाही भोग्नु कानूनसंगत छैन ।’ माफियालाई लोन दिने अनी मूल्याङकनकर्ताले तिर्नुपर्ने काम गराउन खोजेको भन्दै यो आन्दोलन अब निर्णयक हुने बताए । आइतबार बिहान १ घन्टा कुमारी बैंक लिमिटेड लहान कार्यालय अगाडी विरोध प्रदर्शन गरेका एसोसिएशनका अधिकारीहरुले आगामी दिनमा बैंकर्स संघमा पनि धर्ना दिने बताए।उक्त जग्गा प्रकरणमा बैंकको हात भएको भन्दै कायम मुकायम सीइओ अनुजमणी तिमल्सिनालाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

एसोसिएशनको चरणबद्ध आन्दोलन अन्तर्गत पहिलो चरणका कार्यक्रमहरुमा मंसिर २ गते विहिबार दिउसो २.०० बजे बृहत भेला MC-Donald’s Cafe Baneshwor KTM च्याप्टरहरुमा सम्बन्धित च्याप्टरले स्थान तोकी भेला गर्ने ,
मंसिर ५ गते आईतबार विहान ११.०० बजे कुमारी बैंक, केन्द्रिय कार्यालय टंगालमा विरोध तथा धर्ना । च्याप्टरको हकमा सम्बन्धित स्थानको कुमारी बैंकको शाखामा विरोध तथा धर्ना ।
तथा मंसिर ८ गते बुधबार विहान ११.०० बजे NBA अफिस धर्ना तथा विरोध कार्यक्रम । च्याप्टरको हकमा सम्बन्धित च्याप्टरको कुमारी बैंकको शाखामा विरोध तथा धर्ना गर्ने रहेको छ ।

यदि सरकारले पहिलो चरणको विरोधको कुनै किसिमको सुनुवाई नगरेको खण्डमा नेपाल भ्यालुयर्स एसोसिएशनले अझै कडा रुपले विरोधका कार्यक्रमहरु अगाडी बढाइने बताएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.